काठमाण्डौ । लामो समय भारी करेक्सन आएको अमेरिकाको डाउजोनलगायतका सूचकहरुमा बाउन्सब्याक भएको छ।

गत सोमबार ७२६ अंकको गिरावट आएको डाउजोन सूचकमा मंगलबार पुनः ५५० अंकको उछाल आएको छ। यो दिन एस एन्ड पी ५०० १.५ प्रतिशतले उकालो लागेको छ भने नास्डक कम्पोजिटमा १.६ प्रतिशतको बढोत्तरी भएको छ। 

विश्व बजारमा  केभिड–१९ को नयाँ भेरियन्ट डेल्टाको संक्रमण दर बढेसँगै लगानीकर्तामा त्रासका कारण विश्व सेयर बजारमा गिरावट आएको थियो। जसका कारण क्रिप्टोकरेन्सीहरुमा पनि भारी गिरावट आएको थियो। 

मंगलबारको कारोबारमा भने भर्चुअल मुद्रा क्रिप्टोकरेन्सीहरुको भाउ पनि पुनः उकालो लागेको छ। उच्च वृद्धिबाट झन्डै ५० प्रतिशतको गिरावट आएको क्रिप्टोकरेन्सीको राजा मानिने बिटक्वाइनमा ३० हजारको विन्दुमा बलियो सर्पोट लिएको छ।

यस्तो छ बिटक्वाइनको प्राविधिक पक्ष 

बोलिंगर ब्यान्डका आधारमा 

यसमा ३ वटा ट्रेन्ड लाइन हुन्छन्। पहिलो (बीचको) सामान्य चलायमान औसत रेखा, दोस्रो अप्पर ब्यान्ड र तेस्रो लोअर ब्यान्ड। यो ब्यान्डको सामान्य नियम भनेको मूल्य माथिल्लो र तल्लो ब्यान्डमा सीमित हुन्छ भन्ने हो। अर्थात् अझ सरल भाषामा भन्नुपर्दा जब मूल्यरेखाले माथिल्लो रेखालाई छुन्छ तब बजारमा करेक्सन हुन्छ र जब तल्लो रेखालाई छुन्छ तब बजार स्वभाविक रुपमा फेरि माथितिर जान थाल्छ भन्ने हो। 

बिटक्वाइनलाई बोलिंगर ब्यान्डअन्तर्गत हेर्दा मूल्यरेखाले तल्लो ब्यान्डलाई छोएको छ र ब्यान्ड खुम्चिएका कारण अबको केही समयमा बिटक्वाइनको मूल्यमा वृद्धि आउन सक्छ। (मुख्य तस्बिरमा हेर्नुहोस्) 

आरएसआईका आधारमा 

आरएसआई विन्दुअन्तर्गत १४ दिनको मूल्यलाई आधार मानेर भविष्यमा हुने मूल्य परिर्वतनको भविष्यवाणी गरिन्छ। यसमा ५० को जोनलाई सेन्ट्रल जोन, ३० भन्दा तल ओभर सोल्ड जोन र ७० भन्दा माथिलाई ओभर बट जोन भनेर छुट्याइन्छ। यसअन्तर्गत हालको बिटक्वाइनको आरएसआई ४२ मा रहेको छ। यो विन्दु धेरैपल्ट ३५ को तहमा पुगेर माथि फर्किएकोले अब बिटक्वाइनको मूल्यमा सुधार आउन सक्ने अनुमान लगाउन सकिन्छ। – एजेन्सीको सहयोगमा