काठमाण्डौ । तेल निर्यातकर्ता देशहरुको संगठन ओपेकले रुस–युक्रेन युद्धका बीच वृद्धि भइरहेको महँगीका कारण विश्व बजारमा तेलको मागमा कमी आउने जनाएको छ। 

ओपेकले विश्वव्यापी तेलको खपतका बारेमा यसअघि गरेको अनुमानमा कटौती गरेको हो। ओपेकले आफ्नो मासिक प्रतिवेदनमा विश्वमा दैनिक ३६.७ लाख ब्यारेल कच्चा तेलको माग रहने जनाएको छ। जुन ओपेकले यसअघि गरेको अनुमानभन्दा ४.८० लाख ब्यारेल कम हो। 

गत फेबु्रअरीमा रुसले युक्रेनमाथि आक्रमण गरेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि भएर १३९ डलर प्रति ब्यारेलसम्म पुगेको थियो। जुन सन् २००८ पछिकै सबैभन्दा उच्च हो। तर, अमेरिकालगायतका देशहरुले रणनीतिक भण्डारणको तेल बजारमा ल्याउने जनाएपछि तेलको मूल्यमा गिरावट आएको छ।

यद्यपि तेलको मूल्य प्रतिब्यारेल १०० डलरभन्दा माथि नै रहेको छ। –एजेन्सी