काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा तीव्र उतारचढाव भइरहेको छ।
एकातिर चीनका विभिन्न सहरमा जारी लकडाउनका कारण तेलको माग आएको कमी र अर्कोतिर ओपेक प्लस राष्ट्रहरुले तेल उत्पादन कटौती गर्ने निर्णयले केही दिनयता कच्चा तेलको मूल्यमा तीव्र उतारचढाव आएको हो।
गत बुधबार कच्चा तेलको मूल्यमा भारी गिरावट आएको थियो। योसँगै तेलको भाउ ८ महिनायताकै न्यून स्तरमा पुगेको छ। फेरि बिहीबार र शुक्रबार भने तेलको मूल्यमा सामान्य वृद्धि भएरको छ। यद्यपि प्रतिब्यारल कच्चा तेलको मूल्यमा ९० डलरभन्दा तल नै कारोबार भइरहेको छ।
चीनमा शून्य–कोभिड नीतिमा बढेको जोड र मन्दीबीच विभिन्न देशका केन्द्रीय बैंकहरुले ब्याजदरमा गरेको आक्रामक वृद्धिले तेलको भाउमा गिरावट आएको हो। जसका कारण गत बुधबार कच्चा तेलको मूल्य आठ महिनाकै न्यून बिन्दुमा पुगेको थियो। तर, बिहीबार कच्चा तेलमा भने केही सुधार देखिएको छ। शुक्रबार पनि कच्चा तेलको मूल्यमा सामान्य वृद्धि भएको थियो। शुक्रबार ब्रेन्ट तेल ०.५७ प्रतिशत वा ०.५१ डलरले प्रतिब्यारेल ८९.६८ डलरमा कारोबार भएको देखिएको छ।
त्यस्तै डब्ल्यूटीआई प्रतिब्यारेल ८३.५ डलरको आसपासमा कारोबार भइरहेको छ। –एजेन्सी
34 minutes ago
41 minutes ago
46 minutes ago
53 minutes ago
1 hour ago
1 hour ago
3 hours ago
3 hours ago
3 hours ago
3 hours ago