काठमाण्डौ । बेलायतकी महारानी एलिजाबेथ द्वितीयको बिहीबार निधन भएको छ। उनी ९६ वर्षकी थिइन्। अब उनको ठाउँमा छोरा प्रिन्स अफ वेल्स चार्ल्स अब राजा बन्नेछन्।
महारानी एलिजाबेथ ७० वर्षसम्म राजगद्दीमा बस्ने पहिलो शासक थिइन्। यी ७० वर्षमा उनले बेलायत र सारा विश्वको नक्सा परिवर्तन भएको देखिन्।
सन् १९५२ मा राजगद्दी सम्हालेदेखि महारानी एलिजाबेथ बेलायतलगायत करिब एक दर्जन देशको शासक बनेकी थिइन्। थुप्रै देश बेलायतको शासनमा चल्छन्।
महारानी एलिजाबेथले पनि आफ्नो ९६ वर्षको जीवनमा धेरै विश्व भ्रमण गरिन्। सत्ता ग्रहण गरेदेखि उनले बेलायती शाही परिवारको प्रमुखका रुपमा आफ्ना कर्तव्यहरु पूरा गर्न धेरै यात्रा गर्नुपर्यो। तर, के तपाइँलाई थाहा छ उनीसँग आफ्नै पासपोर्ट थिएन ? हो, रानी बिनापासपोर्ट संसारभर यात्रा गरिन्।
रोयल डट यूके साइटमा पासपोर्टका लागि छुट्टै सेक्सन छ। यो साइटका अनुसार महारानी एलिजाबेथलाई पासपोर्ट आवश्यक थिएन। ‘महारानीलाई विदेश यात्रा गर्दा बेलायती पासपोर्ट चाहिँदैन। बेलायती पासपोर्ट रानीको नाममा जारी गरिएको हुनाले उनले पासपोर्ट बोक्न आवश्यक छैन। शाही परिवारका प्रत्येक सदस्यको आफ्नै पासपोर्ट छ। जसमा ड्युक अफ एडिनबरा र प्रिन्स अफ वेल्स पनि समावेश छन्।’
अर्थात महारानी एलिजाबेथको आफ्नै पासपोर्ट थिएन किनकि ब्रिटिस पासपोर्ट उनको नाममा जारी गरिन्छ। त्यसैले आफ्नै नाममा पासपोर्ट राख्नुको कुनै अर्थ थिएन। –एजेन्सी
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
3 hours ago
3 hours ago
4 hours ago
4 hours ago