काठमाण्डौ । रंगकर्मी एवं कलाकार विष्णुभक्त फुयाँललाई श्रद्धाञ्जली दिन विभिन्न राजनीतिक दलका नेताहरुको समेत घुइँचो लागेको छ ।

नेकपा एमाले अध्यक्ष केपी ओली, झलनाथ खनाल, प्रदिप ज्ञवाली, नेपाली काँग्रेसका अर्जुननरसिंह केसीलगायतका नेता प्रज्ञा भवन पुगे । 

रंगकर्मी र कलाकारको बाक्लो उपस्थिति रहेको श्रद्धाञ्जली सभामा प्रधामन्त्री पुष्पकमल दाहाल आउने बताइए पनि उपस्थित हुन सकेनन् । नाटकमा अभिनय गर्दा गर्दै निधन बेहोस भएका फुयाँलको वीर अस्पतालमा निधन भएको हो । उनको आज नै अन्तिम संस्कार गरिने बताइएको छ ।