काठमाण्डौ । धितोपत्र बजार मापक नेप्से परिसूचक यो साता स्थिरप्रायः रह्यो । परिसूचक १५५० को विन्दू वरिपरि नै घुमिरहेको बजारमा दैनिकजसो झिनो अंक र दैनिक कारोबार रकमसमेत २ अर्ब रुपैयाँमा खुम्चियो ।

बजारको यो सुस्तताले धेरै लगानीकर्ताहरुमा द्विविधा हुनसक्छ । बजारको विश्लेषण तथा भविष्यलाई लिएर कतिपय अवस्थामा प्रक्षेपण विज्ञहरुबाट भएतापनि सेयरमा लगानीको निर्णय भने स्वयम् लिनुपर्छ।

यही क्रममा सेयर बजारका प्राविधिक विश्लेषक विष्णुप्रसाद बस्यालले बजारको विषयमा आफ्नो विश्लेषण र प्रक्षेपण सुनाएका छन् । 

प्राविधिक विश्लेषक बस्याल निश्चित समयपछि बजारमा करेक्सन आउनु स्वभाविक भएको र प्रफिट बूकिङका कारण बजारमा निरन्तर झिनो अंकले गिरावट आइरहेको दाबी गर्छन् । 'अब नेप्से परिसूचक करेक्सन हुँदै १४८० देखि १५०० का बीच आउनसक्ने उनको प्रक्षेपण छ । यो तल्लो विन्दू नै अबको फाइनल सपोर्ट हो र बजार आक्रमक तवरले माथि जान्छ'-बस्यालले बिजशालासँग भने ।

अहिलेको बजार गिरावटलाई केबल सानो प्रफिट बूकिङ मात्र भएको बस्याल जिकिर गर्छन् । यो गिरावट अरु ४-५ दिन हुने सम्भावना रहेको बताए । तर, आगामी हप्ताको अन्तिम कारोबार दिनहरुबाट भने बुलिस जर्नीमा बजार दौडने र बजारले उकालो लय समात्ने बस्यालको प्रक्षेपण छ । 

आगामी सातादेखि बुलिस जर्नीमा कुदेको बजार १८०० विन्दू पुग्दासम्म नथामिने बस्याल ठोकुवा गर्छन् । 

अर्को बुलिस जर्नीको तयारीमा बजार रहेको उनले सुनाए ।

बुलिस यात्रामा अब सबै सेक्टर नै बढ्ने र बैकिङ समूह पनि चल्ने सम्भावना रहेको बस्याल जिकिर गर्छन् । यद्यपि बजार भने अब माइक्रोफाइनान्स र इन्स्योरेन्सले नै लिड गर्ने उनको दाबी छ ।