काठमाण्डौ । टाटा समूहले विस्तारा एयरलाइन्सलाई एयर इन्डियामा विलय गर्ने घोषणा गरेको छ।
विस्तारा एयरलाइन्स सञ्चालन गर्ने सिंगापुर एयरलाइन्सले पनि यो डिलमा २५० मिलियन डलर लगानी गर्ने जनाएको छ। यी दुवै एयरलाइन्स गाभिने प्रक्रिया सन् २०२४ सम्म पूरा हुने विश्वास लिइएको छ। यसका साथै सिंगापुर एयरलाइन्सको एयर इन्डियामा २५.१ प्रतिशत हिस्सा हुनेछ।
गत वर्ष अक्टोबरमा टाटा समूहले कर्जामा डुबेको सरकारी एयरलाइन्स कम्पनी एयर इन्डियाको सतप्रतिशत हिस्सा भारु १८ हजार करोड खरिद गरेको थियो। –एजेन्सी
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
9 hours ago
14 hours ago
15 hours ago