वीरगञ्ज । यो पटकको स्थानीय निर्वाचनमा तराईमा चासोका साथ हेरिएको वीरगञ्ज महानगरपालिकाको मेयरमा जनता समाजवादी पार्टी(जसपा)का उम्मेद्वारले सुरुवाती अग्रता लिएका छन् । 

सत्ता गठबन्धनको तर्फबाट मेयरका उम्मेद्वार राजेशमान सिंहले सुरुवाती अग्रता लिएका हुन् । 

उनले ७९ मतसहित अग्रता बनाएका हुन् । 

एमालेका मेयरका उम्मेद्वार विजयकुमार सरावगीले ५३ मतसहित सिंहलाई पछ्याइरहेका छन् । 

राप्रपाका गिरीस गिरीले भने २ मत मात्रै ल्याएका छन् । 

उपमेयरमा नेपाली कांग्रेसका इम्तियाज आलमले ३९ मतसहित अग्रता लिएका छन् । राप्रपाकी बिना जैसवालले ५ मत ल्याएकी छिन् ।