काठमाण्डौ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले माघ ६ गतेदेखि ८ गतेसम्म मधेश प्रदेशको वीरगन्जस्थित होटल क्लार्क रिसोर्टमा एमडीआरटी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ।
तोकिएको बीमाशुल्क संकलन गरी नेपालभरबाट योग्य भएका १२६ जना अभिकर्ताहरुको सहभागितामा कम्पनीले तालिम तथा सम्मान कार्यक्रम सम्पन्न गरेको हो। कार्यक्रम कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुरेशप्रसाद खत्रीको सभापतित्वमा भएको थियो।
सीईओ खत्रीले पानसमा दीप प्रज्वलन गर्दै शुभारम्भ गरिएको सम्मान कार्यक्रममा सहभागी अभिकर्तालाई अन्तर्राष्ट्रिय प्रशिक्षक तरुण ओझाले व्यावसायिक दक्षता अभिवृद्धि गराउने उद्देश्यल व्यक्तित्व विकास सम्वन्धमा प्रशिक्षण प्रदान गरेका थिए।
कार्यक्रममा नयाँ बीमा ऐन, २०७९ ले अभिकर्ताहरुबारे गरेको कानुनी व्यवस्था सम्बन्धमा र अभिकर्ता इजाजतपत्र आवेदन सम्बन्धमा गरेको व्यवस्थाका बारेमा विस्तृत जानकारी गराइएको थियो।
समारोहमा सीईओ खत्रीले कम्पनीका सबै संरचनाहरु उत्कृष्ट रहेको, कम्पनीको बोनस दर आकर्षक रहेको जानकारी गराउँदै अभिकर्ताहरुको अथक परिश्रम र मेहनतका कारण नै कम्पनी सधैँ अब्बल रहने भएकाले अभिकर्ता सञ्जाललाई अझ व्यावसायिक बनाउन यथाशक्य थप लगानी गर्ने र कम्पनीलाई अग्रस्थानमा पुर्याउन महत्वपूर्ण भूमिका खेल्ने अभिकर्ता समूहको वृत्ति विकासलाई कम्पनीले सधैँ प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गरे।
कम्पनीका वीरगन्ज शाखाका शाखा प्रमुख प्रकाश कुमार सिंहबाट सञ्चालित कार्यक्रममा एमडीआरटी, सीओटी र टीओटीका लक्ष्य पुर्याएर सहभागी भएका अभिकर्तालाई सीईओ खत्रीले सम्मान गरेका थिए।
सम्मानित बिजनेस लिडरहरुले सम्मान ग्रहण गर्न पाउँदा आफूले गरेको मेहनतको कदर भएको र अत्यन्तै गर्व लागेको बताएका थिए।
7 hours ago
12 hours ago
13 hours ago
13 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
15 hours ago
15 hours ago