काठमाण्डौ । नेपालको सुमधूर संगीतकार, गायक र रचनाकार स्वप्नील शर्मा आफ्नो नयाँ गीत तयार गरेका छन् । यूट्यूवमार्फत उनको यो गीत सार्वजनिक भइसकेको छ । 

यो गीतले हामी सबैमा रहेको वीर गोर्खाली मुटु र नेपालीको जिवन्त भावनालाई सम्मान गर्दछ । यदि तपाईलाई नेपालीको वास्तविक भावनालाई राम्ररी बुझ्ने ईच्छा छ भने यो गीतले तपाईंलाई समाधान दिने गायकको दाबी छ ।

स्वप्नीलको गीतहरुमा लुकेको भवनात्मकताले जोकोहीलाई पनि सोच बदल्न बाध्य गर्दछ । तपाईंको मुखैमा झुण्डिनसक्ने यो गीतले तपाईंलाई गौरवान्वित बनाउनेछ र तपाईंको मुटुको ढुकढुकीलाई बढाउनेछ।

केही गीतहरुमा मात्र हामीलाई भावनात्मक रुपले प्रभाव गर्ने क्षमता हुन्छ र यो गीत पक्कै नै त्यस्तै गीतहरु मध्ये एक रहेको निर्माण पक्षको दाबी छ । 

गीतको पहिले सूरदेखि नै यो गीतले तपाईंलाई सौहार्दमय संसारलाई लग्नेछ । यस गीतमा प्रयोग गरिएको परम्परागत बाजाहरुले यो गीतलाई बेग्लै मौलिकता प्रदान गरेका छ ।

‘यस गीतको सुमधूरताले कानमा मिठास घोल्छ र लामो समयसम्म मस्तिष्कमा रहिरहन्छ ।’ गीतको विषयमा जारी विज्ञप्तिमा भनिएको छ। 

यस गीतको रचनामा देशप्रतिको माया, विविधता र यहाँको मानिसको स्पष्ट झल्को पाइन्छ । त्यसैले यो गीतवीर गोर्खाली र जोशिलो नेपालीको लागि एउटा एन्थम नै बन्न योग्य देखिने संगीतज्ञहरुको धारणा छ ।

गीत हेर्नुहोस् :