काठमाण्डौ । वृज सिमेन्ट इण्डष्ट प्रा. लि. ले देशका विभिन्न स्थानहरुमा एक्सपर्ट मिट कार्यक्रम सम्पन्न गरेको छ । 

यो एक्सपर्ट मिट कार्यक्रममा निर्माणकर्मीहरुलाई “एक्सपर्ट मेशन क्लब”मा आवद्ध गरेर  उनीहरुको निःशुल्क रुपमा रु.पाँचलाख बराबरको दुर्घटना बिमा सुविधा पनि उपल्ब्ध गराएको छ । 

यस कार्यबाट कम्पनीले आफनो सामाजिक उत्तरदायित्वको भूमिका निर्वाह गरेको छ । उक्त कार्यक्रमलाई अझैं फलदायिक बनाउनको लागि कम्पनीले “एक्सपर्ट मेशन क्लब” मा आवद्ध निर्माणकर्मीहरुलाई उपहारसहित पासबुक बितरण गरेको छ ।

यस योजनाअन्तर्गत वृज सिमेन्ट इण्डष्ट्रिज प्रा.लि. का कुनै पनि उत्पादनहरु खरिद गरी योजनामा सहभागी हुन सक्नेछन् । 

कम्पनीले हालै ल्याएको एक्सपर्ट मेसन क्लब योजनाबारे जानकारी दिनका लागि नेपालका विभिन्न स्थानहरुः काठमाण्डौ, भक्तपुर, ललितपुर, बनेपा, चरिकोट, धादिङ, त्रिशुली, आबुखैरेनी, लमजुङ, पोखरा, दमौली वालिङ, भैरहवा, अर्घाखाँची, गुल्मी, पाल्पा, कुश्मा, जीतपुर,शीतलनगर,बुटवल, स्याङ्जामा कार्यक्रम गरिएको थियो । अहिलेसम्म कम्पनीले २५ सय बढी निर्माणकर्मीहरुलाई “एक्सपर्ट मेशन क्लब” मा आवद्ध गरिसकेको छ । कम्पनीले बढीभन्दा बढी निर्माणकर्मीहरुलाई यस क्लबमा आवद्ध गराई, भैपरी आउने दुर्घटनाबाट उनीहरुको सुरक्षित महशुश गराउने  कम्पनीको  उदेश्य रहेको छ ।

बर्षौदेखि आफनो ग्राहकहरुबाट पाएको माया र विश्वास जित्न सफल भएको कारण आफना उत्पादनलाई ग्राहकहरुको वीचमा विश्वासका साथ गुणस्तर र मजबुतीलाई अझ दरिलो विश्वसनीय सम्बन्ध निर्माण गर्नको लागि नयाँ ढंगवाट एक्सपर्ट चोइस सहितबजार प्रर्वधन शुरु गरिएको कम्पनीले जनाएको छ  ।

एक्सपर्ट चोइस अब बजार प्रवद्र्धनको क्रममा नेपालका विभिन्न क्षेत्रमा ख्याति कमाएका तथा नेपाललाई अन्र्तराष्ट्रिय स्तरमा परिचित गराउने चर्चित एवं मिस नेपाल २०१९ बिजेता अनुष्का श्रेष्ठ वृज सिमेन्टको एशोसिएट व्राण्ड एम्वेसेडर हुन् ।