काठमाण्डौ । वेस्टर्न युनियन मनी ट्रान्सफरका प्रमुख एजेन्टहरुले आफ्नो दसैँ लक्षित सुनपति अभियानको विजेता रेविका सुनुवारको नाम सार्वजनिक गरेका छन्। जसमा विजेताले बम्पर लक्की ड्र मार्फत १० तोला सुन जितेकी छन्।
वेस्टर्न युनियनका सुपर एजेन्टहरु, एटीटी रेमिट, सीजी फिन्को, डिजिटेक, हुलास रेमिट्यान्स, माया रेमिट, नबिल बैंक र सूर्य रेमिटका प्रतिनिधिहरुका बीच काठमाण्डौमा आयोजित कार्यक्रममा विजेताको नाम घोषणा गरिएको हो।
नेपालमा २५ वर्षभन्दा बढी समयदेखि रेमिट्यान्स सेवा प्रदान गर्दै आएको वेस्टर्न युनियनले दसैँ, तिहार र छठलाई लक्षित गरी ’दस तोला सुनपती, १० हप्तासम्म उपहार कति कति’ अभियान सुरु गरेको थियो। दस तोला सुनबाहेक भाग्यशाली विजेताहरुले प्रत्येक हप्ता, दस हप्तासम्म लक्की ड्रबाट १०–१० जनाले चाँदीका सिक्का, मिक्सर ग्राइन्डर र इन्डक्सन चुलो पनि जितेका छन्। अभियानमा अहिलेसम्म ३०० विजेताले उल्लेखित पुरस्कारहरु प्राप्त गरेका छन्।
वेस्टर्न युनियनले सन् १९९६ देखि विश्वका २०० देशहरु बाट पैसा पठाउन र नेपालमा प्राप्त गर्ने सेवा दिँदै आएको छ।
19 hours ago
20 hours ago
21 hours ago
21 hours ago
21 hours ago
21 hours ago
21 hours ago
22 hours ago
22 hours ago
23 hours ago