काठमाण्डौ । वैशाख महिनामा वाणिज्य बैंकहरुको निक्षेप र कर्जा लगानी दुवै घटेको छ।
नेपाल बैंकर्स एसोसिएसन (एनबीए)को तथ्यांकअनुसार वैशाख महिनामा वाणिज्य बैंकहरुको निक्षेप १९ अर्ब रुपैयाँले घटेको छ। योसँगै वैशाख मसान्तसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब ७० अर्ब रुपैयाँमा झरेको छ।
गत चैत मसान्तसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४३ खर्ब ८९ अर्ब रुपैयाँ रहेको थियो। चैत महिनामा भने वाणिज्य बैंकहरुको निक्षेप ५६ अर्ब रुपैयाँले बढेको थियो।
यसैगरी वैशाख महिनामा वाणिज्य बैंकहरुको कर्जा लगानी ६ अर्ब रुपैयाँले घटेको छ। एनबीएका अनुसार वैशाख मसान्तसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी घटेर ४१ खर्ब ९१ अर्ब रुपैयाँमा झरेको छ।
गत चैत मसान्तसम्म बैंकहरुको कुल कर्जा लगानी ४१ खर्ब ९७ अर्ब रुपैयाँ रहेको थियो। चैतमा भने वाणिज्य बैंकहरुको कर्जा लगानी २५ अर्ब रुपैयाँले बढेको थियो।
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago
3 months ago