काठमाण्डौ । नबिल म्युचुअल फन्डअन्तर्गत सञ्चालित ४ वटा योजनाहरुको वैशाख महिनाको वित्तीय विवरण सार्वजनिक भएको छ।
कोष प्रवरद्ध्क नबिल बैंक र योजना व्यवस्थापक नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेका नबिल इक्विटी फन्ड, ब्यालेन्सड् फन्ड–२, ब्यालेन्सड् फन्ड–३ र फ्लेक्सी क्याप फन्डको वित्तीय विवरण सार्वजनिक भएको हो।
वैशाखमा इक्विटी फन्डको न्याभ घटेर ९.५७ रुपैयाँ कायम भएको छ। गत चैतमा यो योजनाको न्याभ ९.८७ रुपैयाँ थियो।
यो योजनाअन्तर्गत वैशाखसम्म सूचीकृत भएका र नभएका धितोपत्रमा कुल ९५ करोड ७३ लाखरुपैयाँ लगानी भएको छ। गत चैतसम्म यस्तो लगानी १ अर्ब ३३ रुपैयाँ थियो।
वैशाखमा यो योजनाको कुल नोक्सानी ६ करोड ४१ लाख रुपैयाँ रहेको छ। गत चैतमा कुल नोक्सानी २ करोड ५१ लाख रुपैयाँ थियो।
वैशाखमा ब्यालेन्सड् फन्ड–२ को न्याभ पनि घटेर ९.४४ रुपैयाँ कायम भएको छ। गत चैतमा न्याभ ९.८२ रुपैयाँ थियो।
यो योजनाअन्तर्गत वैशाखसम्म सूचीकृत भएका र नभएका धितोपत्रमा कुल १ अर्ब ५५ लाख रुपैयाँ लगानी भएको छ। गत चैतसम्म यस्तो लगानी १ अर्ब ३ करोड रुपैयाँ थियो।
वैशाखमा यो योजनाको कुल नोक्सानी ७ करोड ३४ लाख रुपैयाँ रहेको छ। गत चैतमा कुल नोक्सानी ३ करोड ११ लाख रुपैयाँ थियो।
यसैगरी वैशाखमा ब्यालेन्सड् फन्ड–३ को न्याभ पनि घटेर ८.१६ रुपैयाँ कायम भएको छ। गत चैतमा न्याभ ८.४४ रुपैयाँ थियो।
यो योजनाअन्तर्गत वैशाखसम्म सूचीकृत भएका र नभएका धितोपत्रमा कुल ८७ करोड ९४ लाख रुपैयाँ लगानी भएको छ। गत चैतसम्म यस्तो लगानी ८८ करोड ५३ लाख रुपैयाँ थियो।
वैशाखमा यो योजनाको कुल नोक्सानी ५ करोड १७ लाख रुपैयाँ रहेको छ। गत चैतमा कुल नोक्सानी १ करोड ६३ लाख रुपैयाँ थियो।
वैशाखमा फ्लेक्सी क्याप फन्डको न्याभ घटेर ९.३७ रुपैयाँ कायम भएको छ। गत चैतमा न्याभ ९.६२ रुपैयाँ थियो।
यो योजनाअन्तर्गत वैशाखसम्म सूचीकृत भएका र नभएका धितोपत्र, ऋणपत्र र मुद्दति निक्षेपमा गरी कुल २६ करोड ८२ लाख रुपैयाँ लगानी भएको छ। गत चैत कुल लगानी २७ करोड २२ लाख रुपैयाँ थियो।
वैशाखमा यो योजनाको कुल नोक्सानी २ करोड ९३ लाख रुपैयाँ रहेको छ। गत चैतमा यो योजनाको कुल नोक्सानी १ करोड ७० लाख रुपैयाँ रहेको थियो।
9 hours ago
9 hours ago
9 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago
12 hours ago