काठमाण्डौ । स्थानीय तह निर्वाचनका दिन वैशाख ३० गते आन्तरिक उडान नहुने भएको छ।
वायुसेवा सञ्चालक संघ नेपालले आज एक सूचना जारी गर्दै वैशाख ३० गते सबै आन्तरिक उडान बन्द हुने जनाएको हो। मानवीय उद्धार, सहायता उडान एवं सरकारको निर्देशनमा हुने उडानबाहेकका अन्य सबै नियमित आन्तरिक उडान सेवा बन्द रहने सूचनामा जनाइएको छ।
निर्वाचन आयोगको ‘स्थानीय तह सदस्य निर्वाचन, २०७९’ को मतदान हुने दिनको सवारी आवागमन व्यवस्थापनसम्बन्धी मापदण्ड, २०७९ अनुसार संघमा आबद्ध सबै सदस्य वायुसेवा कम्पनीहरुले वैशाख ३० गते आन्तरिक उडान बन्द गर्नेछन्।
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
14 hours ago
14 hours ago
15 hours ago
15 hours ago