काठमाण्डौ । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेड र ग्रामीण स्वयंसेवक लघुवित्त वित्तीय संस्था लिमिटेडबीच आपसमा गाभिने भएका छन्। 

काभ्रेको बनेपामा केन्द्रीय कार्यालय रहेको वोमी लघुवित्त र सर्लाहीको हरिवन केन्द्रीय कार्यालय रहेको ग्रामीण स्वयंसेवक लघुवित्त आपसमा गाभिने भएका हुन्। यसका लागि दुवै लघुवित्त संस्थाले गत शुक्रबार समझदारीपत्रमा हस्ताक्षर गरेका छन्। 

पछिल्लो समय राष्ट्र बैंकले बैंकसँगै लघुवित्त संस्थाहरुलाई आपसमा गाभिन प्रोत्साहन गर्दै आएको छ। सोहीअनुसार लघुवित्त संस्थाहरु पनि आपसमा गाभिने क्रम बढेको हो। 

यसैबीच वोमी लघुवित्तले ग्रामीण स्वयंसेवक लघुवित्तसँग मर्जरमा जाने सम्झौता गरेसँगै नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सेयर कारोबार रोक्का गरिदिन आग्रह गरेको छ। नेप्सेले आइतबारबाटै यो संस्थाको सेयर कारोबार रोक्का गरेको छ।