काठमाण्डौ । आपसमा मर्ज भएका वोमी र सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडको एकीकृत कारोबार यही चैत १९ गतेबाट हुने भएको छ। 

सूर्योदय वोमी लघुवित्तको नामबाट एकीकृत कारोबार हुनेछ। मर्जरपश्चात संस्थाको रजिस्टर्ड कार्यालय काभ्रेको बनेपास्थित साँगामा रहनेछ। 

यी दुवै लघुवित्तको गत पुस १६ गते सम्पन्न विशेष साधारणसभाबाट मर्जरसम्बन्धी विशेष प्रस्ताव पारित भएको थियो। दुवै लघुवित्तबीच गत भदौ १५ गते मर्जरमा जाने प्रारम्भिक सम्झौता भएको थियो। अन्तिम सम्झौतापत्रमा हस्ताक्षर भने गत पुस २९ गते भएको थियो।

मर्जरमा जाने प्रारम्भिक सम्झौता गरेसँगै दुवै लघुवित्तको सेयर कारोबार भदौ १६ गतेबाट रोक्का रहेको छ।