काठमाण्डौ । वोमी लघुवित्त वित्तीय संस्थाले लिलाममा राखेको अवितरित हकप्रद सेयर उठाउने आज सोमबार अन्तिम मौका रहेको छ ।

संस्थाले गत असोज ६ गतेदेखि अवितरित १ लाख २३ हजार २१३ कित्ता हकप्रद सेयर लिलामीमा राखेको छ  । संस्थाले गत साउन ९ गतेदेखि भदौ ११ गतेसम्म रु १०० अंकित दरका १० लाख १० हजार ८८० कित्ता हकप्रद सेयर निकाष्सन गरेको थियो । जुन कम्पनीको चुक्तापुँजीको सशप्रतिशत हो ।

निष्कासित हकप्रद सेयरमध्ये बिक्न बाँकी रहेको संस्थापक समूहतर्फको ७३ हजार ७०३.८० कित्ता र सर्वसाधारणतर्फको ४६ हजार ५०९.२० कित्ता सेयर कम्पनीले लिलामीमा राखेको लागेको हो ।
लगानीकर्ताले असोज १३ गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्ने भनिएको छ । बोलपत्र काठमाण्डौको नक्सालस्थित सिद्धार्थ क्यापिटल लिमिटेड, चितवनको भरतपुरस्थित वोमी लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय तथा सिद्धार्थ बैंक लिमिटेडका शाखा कार्यालयहरु विराटनगर, बिर्तामोड, वीरगन्ज, जनकपर, हेटौँडा, नारायणगढ, पोखरा, बागलुङ, बुटवल, घोराही, नेपालगन्ज, सुर्खेत, धनगढी र महेन्द्रनगरमा पेस गर्न सक्नेछन् ।

हकप्रदको निश्कासन तथा बिक्री प्रबन्धकको काम सिद्धार्थ क्यापिटलले गरेको छ।