काठमाण्डौ । देशका विभिन्न जिल्लामा काम गरिरहेका दुई माइक्रो फाइनान्स कम्पनीले आकर्षक तलब र सेवासुविधासहित दर्जनौंका लागि जागिरको अवसर खुलाएका छन् । 

नुवाकोटको माइक्रो फाइनान्स बित्तीय संस्था र विराटनगरको नेरुडे लघुवित्त विकास बैंकले यस्तो अवसर खुलाएका हुन् । 
नुवाकोटमा कर्पोरेट कार्यालय र ललितपुरको कुपण्डोलमा सम्पर्क कार्यालय रहेको मेरो माइक्रो फाइनान्स बित्तीय संस्थाले दर्जनौका लागि जागिरको अवसर खुलाएको छ । 

यो संस्था समेत नेपाल राष्टबैंकबाट घ वर्गको बित्तीय कारोबार गर्न इजाजत प्राप्त संस्था हो । नेपालका १० वटा बैंकहरुदारा संयुक्त रुपमा प्रवद्र्धित यो संस्थाले हाल नेपालका २९ वटा जिल्लामा ३८ वटा शाखामार्फत लघुवित्त सेवा प्रदान गर्दै आइरहेको छ । 

संस्थाले सहायकदेखि अधिकृत तहसम्मको व्यवस्थापन प्रशिक्षार्थी(शाखा प्रबन्धक) पदमा दर्जन बढीका लागि जागिरको अवसर खुलाएको सूचनामार्फत जनाएको छ । सम्बन्धित बिषयमा स्नातक उतीर्ण, लघुवित्त सम्बन्धी अनुभव प्राप्त र मोटरसाइकल चालक अनुमतिपत्र भएकाले यो पदमा आवेदन दिन सक्ने बताइएको छ । 

यसैगरी, सहायक, वरिष्ठ सहायक र सुपरभाइजर जस्ता सहायक श्रेणीका पदमा समेत दर्जन बढी जनशक्ति मागिएको छ । यो पदमा प्रवीणता प्रमाणपत्र तह उतीर्ण गरेको, बैकिंग वा लघुवित्तको क्षेत्रमा एक वर्षको काम गरेको अनुभव भएकोले दरखास्त दिन सक्ने बताइएको छ । 

संस्थाले सहायक श्रेणीकै कनिष्ठ सहायक प्रशिक्षार्थी(फिल्ड सहायक) पदमा समेत दर्जन बढीका लागि जागिरको अवसर खुलाएको छ । यो पदका लागि समेत प्रमाणपत्र तह उत्तीर्ण, लघुवित्त तथा बैकिंग क्षेत्रमा अनुभव प्राप्तलाई प्राथमिकता दिइने उल्लेख छ । 

माग गरिएको जनशक्तिले निकट भविष्यमा पश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल र सुदुर पश्चिमाञ्चल विकास क्षेत्रमा खोल्न लागिएको शाखामा काम गर्नुपर्ने बताइएको छ । अन्य सम्पूर्ण जानकारी समाचारदेखि तलको कर्मचारी आवश्यकतासम्बन्धी जेपीजी फरमेटमा रहेको फोटोमा क्लिक गरेर लिन सक्नुहुनेछ । 

यसैबीच, केन्द्रीय कार्यालय मोरंगको विराटनगरमा रहेको नेरुडे लघुवित्त विकास बैंक लिमीटेडले तीन पदका लागि दरखास्त आह्वान गरेको छ । 

नेपाल राष्टबैंकबाट घ वर्गको बित्तीय कारोबार गर्ने इजाजत पाएको यो संस्था २० वटा जिल्लामा ५५ शाखा तथा उपशाखा कार्यालयहरुमार्फत लघुवित्त सेवा प्रदान गर्दै आइरहेको संस्था हो । 

संस्थाले उपनिर्देशक पदमा एकजना जनशक्तिका लागि दरखास्त आह्वान गरेको छ । यो पदमा कम्तीमा स्नातक तह उतीर्ण गरी बैंक तथा बित्तीय क्षेत्र वा लघुवित्त क्षेत्रमा कम्तीमा ३ वर्ष व्यवस्थापकीय तहमा काम गरेकोले दरखास्त दिने संस्थाले जनाएको छ । 

यसैगरी, एकजना चार्टर्ड एकाउण्टेन्टका लागि समेत दरखास्त मागिएको छ । यो पदमा चार्टर्ड एकाउण्टेन्टको कोर्स गरी आइक्यान सदस्यता लिएको र बैक तथा बित्तीय र लेखापरीक्षण क्षेत्रमा काम गरेको अनुभव भएकालाई प्राथमिकता दिइने बताइएको छ । 

संस्थाले कृषि प्राविधिक अन्तर्गत जे.टी.मा पनि एकजना नै मागेको छ । यो पदमा आवेदन दिन चाहनेसँग जे.टी. कोर्स उत्तीर्ण गरी सम्बन्धित क्षेत्रमा एक वर्ष काम गरेको अनुभव हुनुपर्ने बताइएको छ । विज्ञापनसँग सम्बन्धित बाँकी जानकारी समाचारदेखि तल दिइएको सूचनामा क्लिक गरेर पाउन सक्नुहुनेछ ।