काठमाण्डौ । शिखर इन्स्योरेन्स र नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक लिमीटेडले दर्जनौका लागि जागिरको अवसर खुलाएका छन् । 

शिखर इन्स्योरेन्सले एकसय बढी कर्मचारी मागेको छ । यो कम्पनीले २ जना असिस्टेन्ट म्यानेजर, मार्केटिंग डिपार्टमेन्टका लागि केही म्यानेजर र असिस्टेन्ट म्यानेजर, कर्पोरेट अफिसमा काम गर्ने गरी मार्केटिंग डिपार्टमेन्टकै लागि अफिसर तथा असिस्टेन्ट १० जना, बैंकासुरेन्स विभागका लागि ४ जना अफिसर तथा असिस्टेन्ट, अकाउण्ट डिपार्टका लागि ५ जना असिस्टेन्ट, रिइन्स्योरेन्स डिपार्टमेन्टका लागि २ जना असिस्टेन्ट, अण्डर राइटिंग डिपार्टमेन्टका लागि १० जना अफिसर तथा असिस्टेन्ट र विभिन्न शाखा कार्यालयमा काम गर्ने गरी ५० जना अफिसर र असिस्टेन्ट मागिएको छ। 

जागिर खुलाइएको पदका लागि आवश्यक शैक्षिक योग्यता र अन्य जानकारीका लागि यो सूचना पढ्नुहोस्:

उता, नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक लिमीटेडले ६ पदमा दर्जनौ कर्मचारी मागेको छ । व्यवस्थापनमा प्लस टुु सकेकाहरुलाई समेत यो बैंकले अवसर दिने भएको छ । बैंकले निकै ठूलो संख्यामा म्यानेजर, अफिसर, सुपरभाइजर, सिनियर असिस्टेन्ट, ट्रेनी असिस्टेन्ट मागेको हो । जागिरको अवसर खुलेका पद, त्यसका लागि आवश्यक शैक्षिक योग्यता र अन्य जानकारीका लागि यो सूचना पढ्नुहोस्: