काठमाण्डौ । राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद स्वर्णिम वाग्लेले यो वर्ष बजेट निर्माणका क्रममा षड्यन्त्रमुलक ढंगले निश्चित व्यापारिक घरानालाई अनुचित लाभ हुने गरी अपारदर्शी ढंगले करका दरमा हेरफेर गरिएको छ कि छैन ? भन्ने प्रश्न उठाएका छन्।
प्रतिनिधिसभाको बैठकमा आज विशेष समय लिएर सांसद वाग्लेले अर्थमन्त्री डा प्रकाशशरण महतसँग यस्तो प्रश्न गरेका हुन्। उनले यो प्रश्न जबाफ अर्थमन्त्रीले दिनुपर्ने पनि बताए।
सांसद वाग्लेले अनाधिकृत व्यक्तिको सहभागिताबारे आएको समाचारले आफूहरुलाई झस्किएको बताए । ‘यसबारे हाम्रो दलले प्रारम्भिक छानबिन गर्दा एचएस कोडका विज्ञलाई सहभागी गराएको देखिएको छ’, उनले भने।
सांसद वाग्लेले एचएस कोडको विज्ञ भनेर संलग्न गराइएको व्यक्तिलाई विधि र प्रक्रिया पुर्याएर सल्लाहकारीय भूमिकामा राखिएको हो कि होइन ? भन्ने प्रश्नको जबाफ पनि अर्थमन्त्रीसँग मागेका छन्। ‘३ करोड जनसंख्या भएको देशमा ३०–३० वर्षसम्म एचएस कोडका दरहरु पाइप गर्न सक्ने जनशक्तिको आकार एकजना वा दुईजना मात्र हुन् ?’, अर्थमन्त्रीलाई प्रश्न गर्दै उनले भने, ‘कि यसमा सिंगो भन्सार प्रणालीको संस्थागत सुधार गरेर डब्लूसीओ नामक अन्तर्राष्ट्रिय संस्थाको मानक र मथोडोलोजी अबलम्बन गर्न सक्ने सयौँजनाको क्याडर बनाउन अर्थमन्त्रीको इमान्दार प्रयास होला कि नहोला ?’
10 hours ago
21 hours ago
21 hours ago
22 hours ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago
1 day ago