काठमाण्डौ । वाणिज्य बैंकहरुको निक्षेप र कर्जा दुवै बढेको छ। 

नेपाल बैंकर्स एसोसिएसन (एनबीए) को तथ्यांकअनुसार भदौको अन्तिम साता वाणिज्य बैंकहरुको निक्षेप र कर्जा दुवै बढेको हो। 

भदौ २६ गतेदेखि भदौ ३१ गतेसम्म वाणिज्य बैंकहरुको निक्षेप २६ अर्ब रुपैयाँले बढेको छ। योसँगै बैंकहरुको कुल निक्षेप ४१ खर्ब ७१ अर्ब रुपैयाँ पुगेको छ। गत भदौ २५ गतेसम्म बैंकहरुको कुल निक्षेप ४१ खर्ब ४५ अर्ब रुपैयाँ रहेको थियो। 

भदौ महिनाभरि भने वाणिज्य बैंकहरुको निक्षेप ४८ अर्ब रुपैयाँले बढेको छ। गत साउन ३२ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४१ खर्ब १७ अर्ब रुपैयाँ रहेको थियो।

भदौको अन्तिम साता वाणिज्य बैंकहरुले २८ अर्ब रुपैयाँ कर्जा परिचालन गरेका छन्। योसँगै वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ३८ खर्ब ७२ अर्ब रुपैयाँ पुगेको छ। भदौ २५ गतेसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ३८ खर्ब ४४ अर्ब रुपैयाँ रहेको थियो। 

भदौ महिनाभरि भने वाणिज्य बैंकहरुले १ खर्ब ८ अर्ब रुपैयाँ गरेका छन्। गत साउन ३२ गतेसम्म बैंकहरुको कुल कर्जा लगानी ३७ खर्ब ६४ अर्ब रुपैयाँ रहेको थियो।