काठमाण्डौ । चालु आर्थिक वर्षको १० महिनामा कुल वस्तु व्यापार घाटा १२ खर्ब माथि रहेको देखिएको छ।
नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको वर्षको १० महिनाको तथ्यांकले यस्तो देखाएको हो। समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा १५.९ प्रतिशतले कमी आई रु. १२ खर्ब ४ अर्ब ४२ करोड कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा २४.९ प्रतिशतले बढेको थियो।
समीक्षा अवधिमा निर्यात–आयात अनुपात ९.८ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.८ प्रतिशत रहेको थियो।
समीक्षा अवधिमा कुल वस्तु आयात १६.८ प्रतिशतले कमी आई रु.१३ खर्ब ३५ अर्ब ३२ करोड कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात २८.० प्रतिशतले बढेको थियो। वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १५.१ प्रतिशत, २१.० प्रतिशत र १८.६ प्रतिशतले कमी आएको छ।
यो १० महिनामा कुल वस्तु निर्यात २४.५ प्रतिशतले कमी आई रु.१ खर्ब ३० अर्ब ९० करोड कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ५९.८ प्रतिशतले वृद्धि भएको थियो।
गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात ३३.६ प्रतिशतले कमी आएको छ भने चीन तथा अन्य मुलुकतर्फको निर्यात क्रमशः १००.६ प्रतिशत र ८.२ प्रतिशतले वृद्धि भएको छ।
7 minutes ago
9 minutes ago
15 minutes ago
37 minutes ago
1 hour ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago