काठमाण्डौ । काठमाण्डौको शंकरापुर नगरपालिकामा राप्रपाले सुरुवाती अग्रता लिएको छ । 

हिजो सम्पन्न स्थानीय निकायको निर्वाचनको मतगणना सुरु भई प्राप्त प्रारम्भिक नतिजाअनुसार राप्रपाका उम्मेद्वारले अग्रता लिएका हुन् । 

राप्रपाका रमेश नापित चार मतले अगाडि रहेका छन् । यो नगरपालिकामा एमाले र एकीकृत समाजवादी दोस्रो र तेस्रो नम्बरमा रहेका छन् ।

राप्रपाका नापितले १ सय ७५ मत ल्याउँदा एमालेका कृष्णलाल बजगाईं चार मतले मात्रै पछाडि छन् । उनले १ सय ७१ मत ल्याएका छन् । एकीकृत समाजवादीका लक्ष्मीप्रसाद श्रेष्ठले १ सय १८ मत ल्याएका छन् ।

उपप्रमुखमा पनि राप्रपाले अग्रता लिएको छ । राप्रपाकी विजयकुमारी वाइबाले १ सय ३१ मत ल्याएकी छन् । माओवादीकी चण्डिका चौलागाईंले ७६ र कांग्रेसकी समिता श्रेष्ठले ७३ मत ल्याएका छन् ।