काठमाण्डौ । नेपाल राष्ट्र बैंकले शंकास्पद कारोबारमा उच्चपदस्थ व्यक्तिहरु पनि संलग्न रहेको हुन सक्ने आशंकामा नयाँ व्यवस्था ल्याएको छ।
नेपाल राष्ट्र बैंकले राष्ट्र बैंकले आज क, ख र ग वर्गका इजाजतपत्रप्राप्त संस्थाहरुलाई जारी गरिएको एकीकृत निर्देशन, २०७८ को निर्देशन नं. १९ मा संशोधन गर्दै शंकास्पद कारोबारमा उच्चपदस्थ व्यक्तिहरुको संलग्नताका विषयमा अनुसन्धान गर्न नयाँ व्यवस्था थप गरेको हो।
शंकास्पद कारोवारको पहिचान, प्रतिवेदनलगायतका व्यवस्था अवलम्बन गर्दा जोखिमको मूल्यांकन, ग्राहक पहिचान, कारोबार र जोखिममा आधारित प्रणालीको आधारमा गर्नुपर्ने व्यवस्था राष्ट्र बैंकले गरेको छ। ‘शंकास्पद कारोबारलाई बैंक तथा वित्तीय संस्थाले प्रारम्भिक विश्लेषण गरी उच्चपदस्थ व्यक्तिहरु संलग्न रहेको भए 'STR-PEP', आयात तथा निर्यात व्यापारको माध्यमबाट हुन सक्ने सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित भए 'STR-TBML' तथा अन्य STR का सम्बन्धमा आन्तरिक कार्यविधिबमोजिम STR-High, STR-Medium तथा STR-Low मा वर्गीकरण गरी श्ांकास्पद कारोबार प्रतिवेदन वित्तीय जानकारी इकाइमा पेस गर्नुपर्नेछ’, निर्देशनमा भनिएको छ।
यसअघिको निर्देशनमा भने शंकास्पद कारोबारलाई बैंक तथा वित्तीय संस्थाले प्रारम्भिक विश्लेषण गरी 'STR-PEP', STR-High, STR-Medium तथा STR-Low मा वर्गीकरण गरी श्ांकास्पद कारोबार प्रतिवेदन वित्तीय जानकारी इकाइमा पेस गर्नुपर्ने व्यवस्था थियो।
8 hours ago
8 hours ago
13 hours ago
13 hours ago
13 hours ago
14 hours ago
14 hours ago
14 hours ago
15 hours ago
15 hours ago