काठमाण्डौ । शतप्रतिशत हकप्रद निष्कासनका लागि अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड(एचपीसी) नेपाल धितोपत्र बोर्ड पुगेको छ ।

आज(आइतबार) अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड(एचपीसी)ले नेपाल धितोपत्र बोर्डमा १ः१ हकप्रद निष्कासनका लागि आवेदन दिएको हो । अरुण भ्यालीले १ः१ हकप्रद निष्कासन गर्न आज बोर्डमा निवेदन दिएको छ ।

उक्त कम्पनीले ९९ लाख ८३ हजार २३२ कित्ता सेयरबापत ९९ करोड ८३ लाख २३ हजार २०० रुपैयाँ रकम संकलग गर्ने जनाएको छ । हकप्रद सेयर निष्कासन तथा बिक्री प्रबन्धमा भने मुक्तिनाथ क्यापिटल रहेको छ ।