काठमाण्डौ । आइसिटी फाउण्डेसन नेपालको आयोजनामा यही असार ४ र ५ गते (शनिबार र आइतबार) ह्वावे डिजिटल नेपाल कन्क्लेभ इन एसोसिएसन विथ इन्फो डेभलपर्स एन्ड कनेक्टेड बाई एनसेल कार्यक्रम आयोजना हुँदैछ। 

द सोल्टी काठमाण्डौमा आयोजना हुने दुईदिने कार्यक्रममा विभिन्न ५ देशका ६० बढि वक्ता तथा सबै सरोकारवालासहित ८ सय सहभागी हुँदैछन्। नेपालमा सूचना प्रविधिको क्षेत्रको विकास र विस्तारका लागि नीतिगत तथा कार्यन्वयनगत अवस्थाको विश्लेषण र भावी कदमबारे बहस गर्न आयोजित कन्क्लेभमा डिजिटल नेपालसम्बन्धी विभिन्न ५ वटा थिममा १० बढी सेसनहरु सञ्चालन हुनेछन्। 

कन्क्लेभमा ह्वावे सिंगापुरबाट इन्डस्ट्री एक्पर्ट प्याट्रिक लो, ओपन नेटवर्कका जिएम डा.पल्लब शाह, अमेरिकाबाट पारास्कोमा इंकमा केन एयरहर्ट लगायतको किनोट प्रस्तुती रहेको छ। 

यसैगरी नेपाल राष्ट्र बैकका गर्भनर महाप्रसाद अधिकारी, लगानी बोर्ड नेपालका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव डा. बैकुष्ठ अर्याल, आइसिटी विज्ञ मनोहर भट्टराई र बैंकर अनिल शाहको किनोट प्रस्तुति रहेको छ।  कार्यक्रमको उद्घाटन उपराष्ट्रपति नन्दबहादुर पुनले गर्नेछन् भने कार्यक्रमको विशिष्ट अतिथि र वक्ताका रुपमा सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की रहेका छन्। 

कन्क्लेभका सेसनहरुमा पहिलो दिन किनोट प्रस्तुति र उद्घाटनपश्चात डिजिटल इन्फास्ट्रक्चर एन्ड कनेक्टिभिटीको सेसन रहेको छ। 

यसैगरी दोस्रो सेसनका रुपमा डिजिटल स्किल, ट्यालेन्ट पुल एन्ड डिजिटल वर्कफोर्स फर डिजिटल नेपाल सेसन रहेको छ। पहिलो दिनको तेस्रो सेसनको रुपमा डेटा ग्याप्स, ब्रिजिङ द डेटा इन टु द सेन्टर स्टेज सेसन रहेको छ भने पहिलो दिनको अन्तिम सेसन डिजिटल इकोनोमी एण्ड इन्भेष्टमेन्ट अपर्चुनिटी सेसन रहेको छ। 

दोस्रो दिन किनोट प्रस्तुतीसँगै इमर्जिङ टेक्नोलोजिज फर डिजिटल ट्रान्सफरमेसन, डिजिटल आन्टरप्रेनरसिप र साइबर सेक्युरिटी सम्वन्धी सेसनहरु रहेका छन्। 

त्यसैगरी सोही दिन डिजिटल फिनोभेसन एन्ड बियोन्ड फर डिजिटल सोसाइटी, बिउल्डिङ डिजिटल लिडरसिप र अन्त्यमा डिजटल रुपान्तरणका लागि अबको बाटोसम्बन्धी महत्वपूर्ण सेसनहरु छन्। कन्फ्रेन्स सेसनहरुसँगै डिजिटल नेपालसम्बन्धी केही प्रदर्शनी स्टलहरु प्नि रहनेछन् भने ह्वावेले सोही समयमा छुट्टै हलमा ‘लाइटिङ अप द फ्युचर’ नाममा फाइभजी लगायत नयाँ प्रविधिहरु प्रदर्शनी पनि रहेको आयोजकले जानकारी दिएको छ। 

कार्यक्रममा डिजिटल नेपालको फ्रेमवर्क, अजेन्डा, अवधारणा र डिजिटल रुपान्तणका विषयमा बृहत छलफल तथा अन्तर्क्रिया हुने आइसिटी फाउन्डेसनका अध्यक्ष राजन लम्सालले जानकारी दिए। डिजिटल नेपाल फ्रेमवर्क २०१९ सार्वजनिक भएपश्चात यस विषयमा केन्द्रित सम्भवत यो पहिलो बृहत कार्यक्रम रहेको उनले बताए। 

आयोजकले सातै प्रदेशमा मुख्यमन्त्री, मन्त्री, जनप्रतिनिधि र सरोकारवालाहरुसँग प्रदेशमा भइरहेको डिजिटल रुपान्तरणका अभ्यास र प्रयासहरुको बारेमा बहस सञ्चालन गरेको थियो। सातै प्रदेशको डिजिटल बस्तुस्थितीसहितको रिपोर्ट पनि आयोजकले कार्यक्रममा सार्वजनिक गर्नेछ। 

डिजिटल नेपाल कन्क्लेभमा सरकारी निकाय र विभिन्न मन्त्रालयका सचिवहरु, डिजिटल नेपाल फ्रेमवर्क अन्तर्गत ८ महत्वपुर्ण क्षेत्रका सरोकारवालाहरु, कर्पोरेट तथा बैकिङ क्षेत्र, सूचना तथा सञ्चार प्रविधि क्षेत्रका अग्रज, विज्ञ तथा उद्यमीहरुसहित ८०० बढीको सहभागिता रहने आयोजकले जानकारी दिएको छ। ‘डिजिटल रुपान्तरणका लागि डिजिटल नेपाल कन्क्लेभ’ नारासहित आयोजना भइरहेको कार्यक्रमको शीर्ष प्रायोजक ह्वावे, सह प्रायोजक इन्फोडेभलपर्स र कनेक्टेड बाईमा एनसेल रहेको छ। 

त्यस्तै कार्यक्रमलाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल राष्ट्र बैंक, नास्ट, नेपाल उद्योग वाणिज्य महासंघको सहयोग रहेको छ। कन्क्लेभको डेभलपमेन्ट पार्टनरको रुपमा द एसिया फाउण्डेशन रहेको छ। 

यसैगरी बैंकिङ पार्टनरमा एनआइसी एसिया, डिजिटल पेमेन्ट पार्टनरमा नेपाल क्लियरिङ हाउस, नलेज पार्टनर प्रेसिडेन्सियल बिजनेस स्कुल, अफिसियल पार्टनर नेपाल टेलिकम रहेका छन्। कार्यक्रममा नेपाल बैंक लिमिटेड, रारा ल्याब्स, फ्रस्ट एण्ड सुलेभियन, सिआरआई नेपाललगायतका संस्थाहरुको सहकार्य रहेको छ।