काठमाण्डौ । क्यान्सरको समस्या निकै तेज गतिमा फैलिरहेको छ । ताजा तथ्यांकका अनुसार अमेरिकामा ४२ प्रतिशत पुरुष र ३८ प्रतिशत महिलामा क्यान्सर भएको आशंका गरिएको छ । 

ब्रिटेनको तथ्यांक त अझ अत्यासलाग्दो छ । यहाँका ५४ प्रतिशत पुरुष र ४८ प्रतिशत महिलालाई क्यान्सर भएको आशंका छ । 

सन् २०१५ मा ब्रिटेनमा २५ लाख मानिस यो बिरामीको शिकार भएका थिए । यसमा हरेक वर्ष करिब ३ प्रतिशत अर्थात, चारलाख नयाँ बिरामीहरु थपिने गरेका छन् । 

यी आँकडाहरुले प्रष्ट पारिरहेका छन् कि क्यान्सरको समस्या निकै आम बन्दै गएको छ । 

आखिर के कारणले हुन्छ क्यान्सर ?
यो प्रश्नको उत्तर पाउनका लागि पहिला हामीले थाहा पाउनुपर्छ कि आखिर क्यान्सर भनेको के हो ? वास्तवमा क्यान्सर मानिसको विकासको प्राकृतिक प्रक्रियाकै नतिजा हो । 

मानिस जस्तो ठूलो जिव यसकारण क्यान्सरजस्तो समस्या झेलिरहेको छ, किनभने यो ठूलो र जटिल पनि छ । जसरी विकासको प्रक्रियाको नतिजाको रुपमा क्यान्सरजस्तो जटिल समस्या हामीले प्राप्त गरेका छौ, यसैगरी कयौं नयाँ सोंचहरुका कारण यो बिरामीसँग लड्ने तयारी समेत भइरहेकै छ । 

क्यान्सर कसरी हुन्छ भन्ने कुरा राम्ररी बुझ्नका लागि हामीले हाम्रो शरीरभित्र हुने प्राकृतिक प्रक्रियालाई राम्ररी बुझ्नुपर्दछ । 
हर जिव र हरेक मानिसको विकास, हाम्रो शरीरमा रहेको कोशिकाको कक्षहरुबाट हुने गर्छ । मानिसको शरीर पनि एउटा कोशिका(सेल)बाटै बन्न सुरु हुन्छ । 

नरको शुक्राणु र मादाको अण्डाणुको मिलनबाट एक बल आकारको सेल बन्दछ । यस्तै सेलहरु बढ्दै र आपसमा मिल्दै जाँदा हाम्रो विकास भएको हुन्छ । 

जब हामी १८ वर्षको उमेरमा पुग्छौ, तब हामीभित्रका कोशिका(सेल)हरु अरबौ पटक विभाजित भइसकेका हुन्छन् । यसरी सेलहरुको विभाजन प्रक्रिया निकै नियन्त्रित वातावरणमा हुन्छ । 

जस्तो कि जब तपाईंको हातको औंला निर्माण हुन थाल्छ, सो क्रममा कयौं सेलहरु मर्छन र विभाजित हुन्छन । यही कारण तपाईको औंलाको बीचमा खालि ठाउँ बन्छ । 

क्यान्सरको समस्या पनि सेलहरुको विभाजनबाटै हुने गर्छ । फरक यत्ति हुन्छ कि शरीरको अंगको विकासको क्रममा सेलहरुको विभाजन नियन्त्रित ढंगले हुन्छ भने क्यान्सरमा अनियन्त्रित विभाजन हुन्छ । 

क्याम्ब्रिज यूनिभरसिटीका वैज्ञानिक टिमोथी वीलको भनाईमा क्यान्सर वास्तवमा कोशिका(सेल)हरुको विभाजन प्रक्रिया नियन्त्रणभन्दा बाहिर जानु हो । 

हाम्रो शरीरमा सेलहरुको विभाजनमा हामीभित्रको जिनको नियन्त्रण कायम हुन्छ । 

जब कुनै कारणले हामीभित्रको जिनले यो जिम्मेवारी निर्वाह गर्न सक्दैन भने त्यसबेला सेलहरुको विभाजन नियन्त्रणबाहिर पुग्छ । 

तर प्राय यस्तो हुँदैन । कोशिकाहरुको विभाजनमा जिनको कडा नियन्त्रण हुन्छ । 

जब कुनै कोशिका सिस्टमबाट बाहिर हुन थाल्छ, जिनको आदेशबाट त्यसलाई मार्ने काम हुन्छ, ताकि कोशिकाको विभाजन कार्य अनियन्त्रित नहोस् । 

ब्रिटेनका वैज्ञानिक चाल्र्स स्वान्टनको भनाईमा कोशिकाहरुको विभाजनको यो प्रक्रियाको विकास हुन लाखौं वर्ष लागेको थियो । यसमा जिनको नियन्त्रण निकै लामो समय र हदसम्म रहन्छ । तर कहिलेकाही यो कुरा काबुमा रहदैन र मानिसलाई क्यान्सर भइदिन्छ । 

यो समस्या केही परिचित कोशिका अनियन्त्रित भइदिंदा आउने गर्छ । तर यो यस्तो तेज रफ्तारमा फैलिन्छ कि यसलाई रोक्ने प्रयास निकै असंभव जस्तै भइदिनसक्छ । 

यी कोशिकाहरु अनियन्त्रित त्यतिबेला हुन्छन्, जब त्यहाँभित्र कुनै परिवर्तन भइदिन्छ, त्यतिबेला कोशिकाहरु हामीभित्रको जिनको निर्देशन मान्नको साटो आफ्नै मर्जीले जथाभावी रुपमा अगाडि बढ्न थाल्छन् । 

यो हामीभित्र ट्यूमर वा यस्तै रुपमा प्रकट हुने गर्छ । 

प्राकृतिक रुपमा विकासको प्रक्रिया बुझ्नलाई हामीले एउटा रुखको विकासको प्रक्रिया बुझे काफी हून्छ । 

जस्तो : एउटा बिजबाट एउटा टुँसा उम्रन्छ । त्यसपछि त्यही बिरुवा रुख बनिदिन्छ । त्यसपछि सो रुखको सबै शाखामा कायापलट भइदिन्छ । यसैगरी, क्यान्सरको सुरुवात पनि एउटा कोशिकाभित्रको कायापलटबाट सुरु हुन्छ । 

जब कोशिकाभित्रको विभाजन तीव्र गतिमा अनियन्त्रित हुन थाल्छ, तब क्यान्सरको रुख र बोटमा कायापलट हुन थाल्छ र त्यहाँ कयौं हाँगाहरु निस्कन्छन । एउटा रुखसँग दाजेर वैज्ञानिकहरुले समेत मानिसभित्रको क्यान्सरको विष वृक्षलाई ध्वस्त बनाउने बिषयमा सोच्न थालिसकेका छन् । 

चाल्र्स स्वान्टन र उनको टिम यही दिशातर्फ काम गरिरहेको छ । उनको भनाईमा क्यान्सरको कोशिका म्यूटेशन नामको प्राकृतिक प्रक्रियाबाट बन्छ । 

म्यूटेशन अर्थात कायापलट आउनुको अर्थ हो कि सो कोशिकाको जिनमा अचानक कुनै हेरफेर भइदिनु । यही कारण कोशिकाहरु अनियन्त्रित भई बढ्न र विभाजित हुनतर्फ लाग्छन् । 

वैज्ञानिकको भनाईमा क्यान्सरलाई अन्तमा कुनै पनि कोशिकाभित्र आउने यस्तो किसिमको बदलावलाई निशाना बनाउन सकिएमा सफलता पाउने सकिनेछ । 

यो प्रक्रिया सफल भए बाँकी समस्याग्रस्त कोशिकालाई समेत ध्वस्त बनाउन सकिन्छ । तर यस्तो भइदिन्छ कि कोशिकाको विभाजनसँगै यसको रुप फेरिरहन्छ । 

जस्तो कि रुखमा कयौ ठाउँ अनेक खालका डालाहरु उम्रन थाल्छन । यसैगरी, क्यान्सरको कोशिकाको समेत उसैगरी अनेक रुपहरु प्रकट हुन थाल्छन । जे जे बाहिर प्रकट हुन्छ, तिनै चिज  पनि आपसमा फरक फरक खालका हुनसक्छन् । 

वैज्ञानिकहरुको  भनाईमा क्यान्सर अन्तका लागि कोशिकाभित्र आउने यस्तै कायापलटलाई टार्गेट गरे  पुग्छ । तर यसो गर्नु निकै महंगो काम हो । पहिला त क्यान्सरको पीडितको कोशिका खोजेर यो पत्ता लगाउनुपर्छ कि यसमा के परिवर्तन आएको छ । 

त्यसपछि त्यसलाई निशाना बनाउने तरिका खोज्न आवश्यक हुन्छ, ताकि हरेक रोगीका लागि खास एन्टीजेन खोज्नुपर्छ । जसबाट यी अनियन्त्रित कोशिकाहरुको काम तमाम गर्न सकियोस् । 

इटलीका वैज्ञानिक अल्बर्टो बार्देली पनि यही सोंचको मद्धतबाट क्यान्सरसँग लड्ने तयारी गरिरहेका छन् । 

केही जानकारहरुको भनाईमा क्यान्सरको कारण र योसँग लड्ने तरिकाको बिषयमा खोजी हुन आवश्यक छ । 

तर यसको रोकथामका लागि जोड दिए त्यो चाहि राम्रो होला । किनभने क्यान्सर केही खास कारणहरुले गर्दा हुन्छ । यस्ता कारणलाई खत्तम पारेर हामी क्यान्सरलाई आउनै नदिन पनि सक्छौ । 

अमेरिकी क्यान्सर सोसाइटीका ओटिस ब्राब्ले यस्तै सोंच राख्ने व्यक्ति हुन् । उनको भनाईमा पछिल्लो २० वर्षमा अमेरिकामा क्यान्सरबाट मर्नेहरुको संख्यामा २५ प्रतिशतले गिरावट आएको छ । यसको आधा कारण हो, क्यान्सरको रोकथाम । 

अमेरिकामा कुल क्यान्सर पीडितमध्ये एकतिहाईलाई चुरोट सेवनबाट हुने गरेको छ । यदि यसो हो भने तम्बाखुको प्रयोग रोक्नतर्फ लागियो भने क्यान्सरको रोकथाम सहज हुन्छ । 

अमेरिका लगायतका देशमा क्यान्सरबाट मृत्यु हुनेको संख्या घटे पनि क्यान्सरबाट पीडितहरुको संख्या चाहि बढिरहेकै छ । यहीकारण हिजोआज क्यान्सरको समस्या सजिलैसँग पत्ता लगाउन सकिन्छ । 

मानिस हिजोआज  पहिला भन्दा धेरै वर्ष बाँच्छ । लामो उमेर हुनुको मतलब हो क्यान्सर भएको धेरै आशंका । वैज्ञानिक ब्राब्लेको भनाईमा ७० वर्ष उमेर कटेपछि क्यान्सर हुने अधिक संभावना हुन्छ । 

४० वर्ष उमेर कटेपछि हाम्रो शरीरभित्रको केही कोशिकामा यस्तो कायापलट आउँछ कि क्यान्सरको सुरुवात भइदिन पनि सक्छ । तर यो उमेरमा कोशिकामा आएको कायापलटलाई हाम्रो शरीर आफैले नियन्त्रण गरिरहेको हुन्छ । 

इटलीका वैज्ञानिक अल्बर्टो बार्देलीको भनाईमा मानव जातिले क्यान्सरमाथि जित हासिल गर्छ गर्छ, उनमा पूरा विश्वास छ यो कुराको । 
बिजशाला/बीबीसी