काठमाण्डौ । चैत महिनाको बाँकी दिनमा परेका सार्वजनिक विदामा समेत बैंक तथा वित्तीय संस्थाले शाखा कार्यालय खोल्नुपर्ने भएको छ ।
नेपाल राष्ट्रबैंकले एक सूचना प्रकाशित गर्दै चैत २५ गते पछाडि सार्वजनिक विदा परेका दिनमा पनि बैंक शाखा खोल्न निर्देशन दिएको हो ।
चैत २५ गते र सो पछि मसान्तसम्म शनिवार लगायत जुनसुकै सार्वजनिक विदा परे पनि राजश्व संकलन गर्ने आन्तरिक राजश्व कार्यालयहरु, करदाता सेवा कार्यालयहरु, भन्सार कार्यालयहरुको राजश्व बुझ्ने प्रयोजनका लागि नेपाल राष्ट्रबैंक लगायत राजश्व कारोबार गर्ने सम्पूर्ण बैंकहरु, चेक क्लियरिङ गर्ने प्रयोजनका लागि अन्य बैंक तथा वित्तीय संस्थाहरु एवम् नेपाल क्लियरिङ हाउस पूर्णकालीन रुपमा खुला गरी राजश्व बुझाउने व्यवस्था गर्न र गराउन केन्द्रीय बैंकले आग्रह गरेको छ ।
योसँगै पर्सि शनिवार र त्यसको भोलिपल्ट आइतबार परेको सार्वजनिक विदाको दिन पनि बैंक तथा वित्तीय संस्था खोल्नुपर्नेछ ।
3 hours ago
4 hours ago
5 hours ago
5 hours ago
5 hours ago
5 hours ago
6 hours ago
6 hours ago
7 hours ago
7 hours ago