काठमाण्डो । देशको प्रमुख मोबाइल सेवाप्रदायक कम्पनी एनसेलले नजिकिदै गरेको चाडपर्वकोे अवसरमा आफ्ना ग्राहक तथा शुभचिन्तकसँग खुशीयाली साट्न र शुभकामना आदानप्रदान गर्न शनिबार पोखराको प्रदर्शनी केन्द्र, नयाँबजारमा विभिन्न मनोरञ्जनात्मक कार्यक्रमले भरिपूर्ण एनसेल मेलाको आयोजना गर्दैछ । 

देशको विभिन्न पाँच शहरमा आयोजना हुने एनसेल मेला बिहीबार नारायणगढको नारायणी किनारबाट सुरु भएको थियो । 

पोखरामा विविध रोचक कार्यक्रहरु र कन्सर्टसहित मेला ११ बजे देखि शुरु भई साँझ सम्म चल्ने आयोजक एनसेलले जनाएको छ । 

चर्चित कलाकारहरु तथा संगीतिक समूहको प्रस्तुती, कमेडी, जादु, गेम स्टलहरु, किडस् जोन र फुड स्टलहरु मेलाका मुख्य आकर्षण हुन् । मेलामा कलाकारहरु सुगम पोख्रेल, शिव परियार, सन्दिप क्षेत्री, मिलन अमात्य, लाउरे, रेमोन दास श्रेष्ठ र समृसद्घ राई लगायतको प्रस्तुती रहनेछ । साथै एक्स व्याण्ड, कार्टुन्ज क्रुर युभिएन्जल्स्को प्रस्तुतीले दर्शकहरुलाई भरपुर मनोरन्जन हुने विश्वास गरिएको छ । 

मेलाका अवलोकनकर्ताहरुले एनसेलको सेवा तथा सुविधामा आकर्षक अफर पाउने छन् भने डेटा सेवा, थ्रिजीको गति र अन्य डिभाइसहरु एनसेलको विशेष हाईटेक जोनमा चलाएर टेष्ट गर्न सक्ने सुविधा समेत उपलब्ध गराइनेछ । 

कलाकारको प्रस्तुतीमा नाच्दै रमाउँदै नेपाली, ईण्डियन र चाईनिज परिकारहरुहरुको समेत स्वाद चखाउने उद्देश्यले फूडका स्टलहरु समेत राखिइनेछन् । 

पर्यटकीय नगरी पोखरामा एनसेल मेलामार्फत नजिकिदै गरेको चाडपर्वको अवसरमा खुसीयाली साट्न तथा आफ्ना ग्राहकहरुसँग शुभकामना आदानप्रदान गर्न पाउँदा आफूहरु हर्षित भएको एनसेलका कर्पोरेट संवाद विज्ञ मिलन शर्माले बताए । 

एनसेल मेला आगामी असोज ३ गते बुटवल, असोज ६ गते धरानमा र असोज ८ गते बिर्तामोडमा आयोजना हुनेछ ।