काठमाण्डौ । शाइन रेसुंगा डेभलपमेन्ट बैंकको ४५ हजार बढी कित्ता सेयर आज वैशाख १४ गतेबाट लिलामीमा राखिएको छ। 

बैंकको संस्थापक समूहको ४५ हजार ९९१ कित्ता सेयर लिलामीमा राखिएको हो। 

लिलामीमा राखिएको सेयरको न्यूनतम मूल्य १८५ रुपैयाँ तोकिएको छ। बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ। 

यो लिलामी सेयरमा न्यूनतम १ हजार कित्ताका लागि बोलपत्र पेस गर्नुपर्नेछ। अधिकतममा सम्पूर्ण कित्ताका लागि बोलपत्र पेस गर्न सकिनेछ।

बोलपत्र काठमाण्डौको बबरमहलस्थित एनआईसी एसिया क्यापिटलको कार्यालयमा पेस गर्नुपर्नेछ। बोलपत्र यही वैशाख २२ गते बैंकिङ समयसम्म पेस गर्न सकिनेछ।