काठमाण्डौ । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ। 

बैंक सञ्चालक समितिको बुधबार बसेको बैठकले उक्त आर्थिक वर्षको वितरणयोग्य सञ्चित मुनाफाबाट नगद लाभांश र सेयर प्रिमियमसहित वितरणयोग्य सञ्चित मुनाफाबाट बोनस सेयर गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। 

प्रस्तावित लाभांशमा चुक्तापुँजी ३ अर्ब ७८ करोड १० लाख ९ हजार १४.२६ रुपैयाँको १३.३० प्रतिशतले हुन आउने ५० करोड २८ लाख ७४ हजार १९८.९० रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.७० प्रतिशतले हुन आउने २ करोड ६४ लाख ६७ हजार ६३.१० रुपैयाँबराबरको नगद लाभांश छन्। 

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी कार्यान्वयनमा ल्याइने बैंकले जनाएको छ।