काठमाण्डौ । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले बनेपा र बालाजुमा आफ्नो आधिकारिक स्टोर खोलेको छ। 

पुस २१ गते बुधबार बनेपा–६ को गोदाम चोकमा आफ्नो नयाँँ स्टोर खोलेको शाओमीले त्यसको केही दिनपछि हिजो बालाजुको नयाँँ बसपार्कस्थित बीजी मलमा पनि आफ्नो नयाँँ स्टोर खोलेको हो। शाओमीले आफ्नो स्टोरहरुको संख्या दोब्बर बनाउने उद्देश्य पूरा गर्न नेपालभरि नयाँँ र आधुनिक स्टोरहरु खोल्ने योजना बनाएको छ।  

शाओमी नेपालका कन्ट्री जेनेरल म्यानेजर सौरभ कोठारीले भने, ‘यी नयाँँ स्टोरहरु खुले पछि हाम्रा ग्राहकहरुलाई किनमेल गर्न अझ धेरै सजिलो हुनेछ र सँग–सँगै हाम्रो सिमलेस अफलाइन नेटवर्क विस्तार गर्ने उद्देश्य पनि पूरा हुनेछ। हामीलाई आशा छ, हाम्रा ग्राहक हाम्रा यी नयाँँ स्टोरहरुमा आउनुहुनेछ र हाम्रो नयाँँ–नयाँँ उत्पादनहरु मन पराउनुहुनेछ।’ 

यो मोडलले नेपालमा नयाँँ र आधुनिक स्टोरहरु खोल्दै ग्राहकलाई उच्चतम सुविधा प्रदान गर्ने शाओमीको उत्साह झल्काउँछ। यो नयाँँ स्टोरमा सप्प्लाई चेन म्यानेजमेन्ट, उत्पादनको उपलब्धता र डेलिभरी मेजरहरु जस्ता सम्पूर्ण रिटेलको कामहरु मुख्य ब्रान्डको मातहतमा इन्टिग्रेट हुनेछन्। 

यी शाखाहरुको सम्पूर्ण रिटेल प्रक्रियाहरु शाओमी नेपालले हेर्ने हुनाले ब्रान्डको पारदर्शिता कायम हुन्छ। जसको फलस्वरुप मीको ग्राहकहरुले थुप्रै फाइदाहरु लिन सक्नेछन्। 

रिटेल प्रक्रियाको हरेक चरणमा ग्राहकले ब्रान्डसँग सीधै अन्तर्क्रिया गर्न पाउनेछन्। यसले गर्दा ग्राहक र ब्रान्डको सम्बन्ध अझै घनिष्ठ हुनेछ।