काठमाण्डौ। ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आफ्नो उपभोक्ताका लागि शाओमी टेलिभिजन खरिदमा शानदार अफर ल्याएको छ। 

यो अफरअन्तर्गत कुनै पनि मी टेलिभिजनको खरिदमा उपभोक्ताले एउटा मी नोटबुक प्रो अथवा ४० इन्चको मी ४ए टेलिभिजन जित्न सक्नेछन्।

प्रिमियम प्राइस सेग्मेन्टमा शाओमीले यस्तो स्थान बनाएको छ। जसले गर्दा नयाँँ टीभी किन्न चाहने उपभोक्ताका लागि बजारमा योभन्दा राम्रो विकल्प छैन। उपभोक्ताको माग र नजिकिँदै गरेको नयाँँ वर्षलाई ध्यानमा राखेर शाओमीले ‘मीमा डबल मज्जा’ अफर ल्याएको छ।

यो अफरअन्तर्गत मी टेलिभिजन खरिद गर्नेे एकजना भाग्यशाली विजेताले लक्की ड्रमार्फत बम्पर उपहारका रुपमा मी नोटबुक प्रो र ६ जना भाग्यशाली विजेताहरुले साप्ताहिक लक्की ड्रमार्फत ४० इन्चको मी ४ए टेलिभिजन जित्न सक्नेछन्।

मी टेलिभिजनले एन्ड्रोइड सपोर्ट गर्ने भएकोले यसले प्लेस्टोरमा भएको ४००० भन्दा बढी एपहरु सपोर्ट गर्छ। यसको अर्को विशेषता भनेको यसमा भएको स्मार्ट ब्लुटुथ रिमोट हो। जसले गर्दा च्यानल चेन्ज गर्न टीभीमै रिमोट प्वइन्ट गरी राख्नुपर्दैन र यसमा नेपाली भाषामै युट्युब र नेट फ्लिक्समा सर्च गर्न मिल्छ। 

यसका साथै यसमा भएको डाटा सेभर टेक्नोलोजीले मोबाइल डाटाबाटै टीभी हेर्दा पनि अरु टीभीमा भन्दा ४० प्रतिशत बढी डेटा बचत गर्छ। मी टेलिभिजनको अर्को विशेषता भनेको यसमा भएको फ्रेम रेट रिडक्सन टेक्नोलोजी हो।

बजारमा उपलब्ध यसको ३२ देखि ६५ इन्चको जुन टीभी किने पनि उही फिचरहरु भएकोले गर्दा सानो टीभी किने पनि ठूलो टीभीमै जस्तो सम्पूर्ण फिचरहरुको मज्जा लिन सकिन्छ। यसको बजार मुल्य रु. २९ हजार ९०० देखि १ लाख ९ हजार ९९९ सम्म रहेको छ। 

यो अफर चैत १८ गतेदेखि वैशाख ३१ गतेसम्म लागू हुनेछ।