काठमाण्डौ । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आज मार्केट रिसर्च फर्म आईडीसीको विश्वव्यापी मोबाइल फोन ट्रयाकरको दोस्रो त्रैमासिक २०२२ को रिलिजअनुसार आफू नेपालको नम्बर एक स्मार्टफोन कम्पनी बनेको घोषणा गरेको छ।

शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित पंडाले भने, ‘आईडीसीको रिपोर्टअनुसार निरन्तर आठौँ त्रैमासिकसम्म पनि हामी नेपालको नम्बर एक स्मार्ट फोन कम्पनी बन्न सफल भएका छौँ, जुन हाम्रा लागि एकदमै खुशीको कुरा हो। यसरी नेपालकै सर्वाधिक लोकप्रिय स्मार्टफोन ब्रान्ड बनाउनुहुने एवं हाम्रो यात्रामा सहभागी हुनुहुने हाम्रा समस्त मी फ्यानहरु, व्यापारिक साझेदारहरु र हाम्रा सम्पूर्ण स्टेक होल्डरहरु प्रति हामी हार्दिक आभारी छौँ। तपाइँहरुको माया र साथप्रति हामी नतमस्तक छौँ र हामीले हाम्रा लागि खडा गरेको उच्चतम मापदण्डहरु भविष्यमा पनि पुरा गर्दै जानेछौँ।’

रेडमी १० सेरिज, रेडमी ११ सेरिज, रेडमी १२ सेरिजजस्ता विभिन्न मूल्यका धेरै उत्पादनहरु बजारमा ल्याएको कारण शाओमी ब्रान्डको बजारमा उल्लेखनीय वृद्धि भएको छ। यसका साथै शाओमीले नेपालमा मी वाच लाइट, टिभी स्टिक, ट्रिमर, ब्यान्ड ६, सोनिक बास वायरलेस इयरफोन, पावरब्यान्क, मी प्याड ५ र हालसालै एअर प्युरिफायेर, एअर कम्प्रेसर लगायत ३० वटा नयाँ इकोसिस्टम उत्पादनहरु पनि लन्च गरेको छ।

यसका अतिरिक्त अफलाइन नेटवर्क विस्तारको कारणले ब्रान्डको समग्र वृद्धिमा योगदान पुर्याएको छ। आज शाओमीले नेपालमा आफ्नो उपस्थिति सुदृढ गर्दै देशभरिमा १२ वटा आधिकारिक स्टोर र १८ वटा सर्भिस सेन्टरस्थापना गरेको छ। हाल नेपालको विभिन्न स्थानहरुमा कम्पनीको एक बलियो वितरण नेटवर्क रहेको छ। नेपाली ग्राहकको आवश्यकताहरु पूरा गर्नका लागि विशेष आधिकारिक सर्भिस सेन्टरहरुको साथ –साथै एक डेडिकेटेड सर्भिस वेयर हाउसकोे माध्यमबाट मजबुत आफ्टर सेल्स सर्भिस प्रदान गर्दै कम्पनीले बजारमा आफ्नो स्थिति बलियो बनाएको छ। यसले शाओमीलाई विगतको त्रैमासिकमा भन्दा अझै धेरै बजार हिस्सा लिन सहयोग गरेको छ।