काठमाण्डौ । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आफ्नो फ्ल्यागसिप सिरिज शाओमी १२ सिरिजमध्ये शाओमी १२ प्रोको प्रि–बुकिङ खुला गरेको छ। प्रि–बुकिङ चैत ११ बाट चैत १५ सम्म खुला हुनेछ।

प्रि–अर्डरमा यो फोन विशेष अफरसहित उपलब्ध छ। उपभोक्ताले यो फोन किन्दा रु. ५ हजारको क्यासब्याक तुरुन्तै पाउनुका साथै मी नेकब्यन्दा ब्लुटुथ इयरफोन प्रो अथवा मी पोर्टेबल ब्लुटुथ स्पिकर सित्तैमा पाउन सक्नेछन्। शाओमी १२ प्रो बैजनी र नीलो रङमा १२ जीबी प्लस २५६ जीबीमा रु. १ लाख १४ हजार ९९९ मा उपलब्ध छ।

यो फोनमा २०२२ को फ्ल्यागसिप डिभाइसमा हुनुपर्ने सबै नवीनतम र उत्कृष्ट विशेषता छन्। यसमा केही त्यस्ता विशेषता छन्, जसले यसलाई असली फ्ल्यागसिप फोन बनाएको छ। 

त्यस्तै विशेषतामध्ये एउटा, यसको सबैभन्दा छिटो चार्ज हुने हो। नेपालमा शाओमी १२ प्रोमात्र त्यस्तो फोन हो, जसमा १२० वाटको फास्ट चार्जिङ छ। जसले तपाइँको फोन १८ मिनेटमै फुल चार्ज गर्छ। 

शाओमी १२ प्रोमा एचडीआर१० प्लस र डल्बी भिजनवाला ६.७३ इन्चको एमोलेड एलटीपीओ डिस्प्ले रहेको छ। यो १२जीवन प्लस २५६जीबीको स्टोरेजमा उपलब्ध छ। ८जेन१ स्न्यापड्रयागन प्रोसेसर भएको यो फोनमा ५० एमपीको मेन क्यामेरा र ५० एमपी टेलिफोटो प्लस ५० एमपी वाइड एंगलको सेकेन्डरी क्यामेरासहित ट्रिपल रियर क्यामेरा सेटअप रहेको छ। यो स्मार्टफोनको अर्को गज्जबको विशेषता भनेको यसको साइबर फोकस ट्रयाकिङ प्रणाली हो। जसले तपाइँलाई मुभिङ अब्जेक्ट्स (जस्तै गुडिरहेको गाडी) आदिको फोटो खिच्न सजिलो हुन्छ। 

तीनवटै क्यामेराहरुमा नाइट मोड सेन्सर उपलब्ध छ। जसले गर्दा कम प्रकाशमा पनि रातमा सुन्दर र स्पष्ट तस्बिरहरु खिच्न सकिन्छ। सेल्फीका लागि यसमा ३२ एमपीको अल्ट्रा–क्लियर सेल्फी लेन्स छ। यसमा हर्मन÷कर्डोनका ४ वटा स्पिकरहरु छन्। जसले रियल सराउन्ड साउन्ड एक्स्पिरियन्स दिन्छ।

शाओमी १२ प्रो तपाइँहरुको नजिकैको मी स्टोर र रिटेल स्टोरहरुमा प्रि–बुकिङको लागि खुला छ। मार्च ३० देखि बिक्री सुरु हुनेछ।