काठमाण्डौ । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले आफ्नो  फ्ल्याग्शिप फोन शाओमी १२ र शाओमी १२एक्स को लन्च गरेको छ। 

प्रयोगकर्तालाई कटिङ एज भिडियोग्रापिफ् र एन्टरटेन्मेन्ट पावरहाउसको अनुभव दिने उद्देश्यले अत्याधुनिक एआई एल्गोरिदम, फ्ल्यागशिप प्रोसेसिङ पावरको साथ यी दुवै फोन बजारमा ल्याइएको हो।

लन्चका बारेमा बोल्दै शाओमी नेपालका नयाँ कन्ट्री जेनेरल म्यानेजर अमितकुमार पंडाले भने, ‘शाओमीमा हामी नयाँ–नयाँ प्रविधी र नयाँ–नयाँ पिफ्चर भएको फोन लिन चाहने उपभोत्तफको लागि सँधै टप नच टेक्नोलोजी इनोभेसन, सुप्रिम पर्फमेन्स र सर्वोत्कृष्ट डिजाइन युक्त डिभाइसहरु ल्याउन केन्द्रित छौँ। यसै सिलसिलालाई निरन्तरता दिँदै हामीले हाम्रो फ्ल्यागशिप शाओमी १२ र शाओमी १२एक्स लन्च गरेका छौँ, आशा छ यहाँहरुले दुबै फोनलाई मन पराइदिनुहुनेछ।’

पंडाले थपे, ‘उत्कृष्ट क्यामेराहरू संयोजन गरेर प्रदर्शनी र नवीनतालाई जोड दिँदै शाओमी १२ र शाओमी १२एक्समा १३एमपी अल्ट्रा–वाइड एंगल क्यामेरा छ। दुवै उपकरणमा उन्नत क्वालकम® स्न्यापड्रागन टीएम सुविधा छन् र डिस्प्लेमेटले ए प्लस रेटिङ गरेको एमोलेड डट डिस्प्ले रहेको छ। जसले ट्रु कलर सपोर्ट गर्दछ। यी दुबै उपकरणको कम्प्याक्ट बडी डिजाइनमा ४५००एमएएच ब्याट्रीहरु फिट हुन्छन्।’ 

शाओमी १२ र शाओमी १२एक्सबाट जस्तोसुकै अवस्थामा पनि स्टुडियोमै खिचेको जस्तै फेटो खिच्न सकिन्छ। चाहे उज्यालो नपुगेको ठाउँ होस् या चलायमान कुनै दृश्य होस्। दुवै फोनमा बहुमुखी शुटिङका लागि प्रो ग्रेड ट्रिपल क्यामेरा र ५०एमपी प्रमुख क्यामेरा छन्। जसले शाओमी १२ मा ८के रेकर्डिङ क्षमता प्रदान गर्दछ। शाओमी १२ र शाओमी १२एक्सले १३एमपी अल्ट्रा वाइड एंगल क्यामेरा, ५एमपी टेलिम्याक्रो क्यामेरा सहित, जीवनलाई विभिन्न दृष्टिकोणबाट चित्रण गर्ने मौका प्रधान गर्छ।

प्रभावशाली हार्डवेयरबाहेक यो फोनमा अत्याधुनिक एआई अल्गोरिदम छ। जसले प्रयोगकर्तालाई हरेक पल रेकर्ड गर्न पहिलेभन्दा सजिलो बनाउँदछ। शाओमी प्रो फोकसले वस्तुहरु पहिचान र ट्रयाक गर्दछ र धमिलो वा फोकस बाहिरको शटहरु रोक्न मद्दत गर्छ।

शाओमी १२ र शाओमी १२एक्स दुवै आँखा र अनुहार स्वतः फोकस पनि समावेश छ। यसका साथै यसमा भएको वान क्लिक सिनेमा पिफ्चरमा प्यारालल वर्ल्ड, प्रिफ्ज प्रफ्मे भिडियो, म्याजिक जुम मोड जस्ता थुप्रै विकल्पहरु छन् जसले उत्कृष्ट भिडियो एडिट गर्न सक्ने सामर्थ्य राख्छ।

शाओमी १२ र शाओमी १२एक्स ८जीबी+२५६जीबी भेरियन्टमा उपलब्ध छ। शाओमी १२ दुई रङ ग्रे र पर्पलमा उपलब्ध हुनेछ।
शाओमी १२एक् तीन रङ ग्रे, पर्पल र निलोमा उपलब्ध हुनेछ।

नेपाली बजारमा शाओमी १२ को रु. ९२ हजार ९९९ र शाओमी १२एक्सको रु. ७६ हजार ९९९ तोकिएको छ।