काठमाण्डौ । २०१८ मा पहिलोपटक शाओमी नेपालमा प्रवेश गरेको थियो। शाओमी नेपाली बजारमा प्रवेश गर्नुअघि नै प्रशंसकबाट आफ्ना उत्पादनहरुको ठूलो माग देखेको थियो। 

यसै कारणले आफ्नो लन्चसँगै शाओमीले स्मार्टफोन बजारमा एक महत्वपूर्ण सहभागीका रुपमा आफूलाई स्थापित गर्न सक्षम भयो। उचित मूल्यमा नवीनतम प्रविधि थप पहुँचयोग्य बनाउने मिशन बोकेको शाओमीले सबैका लागि उचित मूल्यमा उच्चतम प्रविधि प्रदान गर्न केन्द्रित छ। शाओमीको यही दर्शनले नेपाली बजारमा यस ब्रान्डको द्रुत वृद्धि भएको देखिन्छ।

विश्वव्यापी रुपमा विभिन्न माइलस्टोनहरु हासिल गरेको शाओमीले नेपालमा पनि थुप्रै असाधारण मापदण्डहरु चिह्नित गरेको छ। क्यू३ २०२० मा शाओमी नेपाली बजारमा पहिलोपटक नम्बर १ स्थानमा पुगेको थियो। सोही त्रैमासिकमा आईडीसीअनुसार नेपालमा बिक्री भएका शीर्ष १० स्मार्टफोनमध्ये ४ वटा शाओमीकै उपकरणहरु थिए। सोही गतिलाई निरन्तरता दिँदै शाओमीले क्यू४ २०२२ मा पुनः नम्बर १ स्मार्टफोन ब्रान्डको रुपमा छाएको थियो।

एउटा ब्रान्डलाई निरन्तर बढ्दो प्रतिस्पर्धाको साथ बजारमा स्थापित गर्न र अगाडि बढ्न धेरै कुराको आवश्यकता पर्दछ। मोबाइल उद्योगको सुस्त वृद्धिलाई सम्बोधन गर्न शाओमी नेपालले पोकोफोन एफवानजस्ता उत्पादनहरुका लागि अनलाइन एक्सक्लुसिभ ल्यायो जसको साथै नेपाली बजारमा शाओमीले आफ्नो अनलाइन उपस्थिति जनाएको थियो। यसको अफलाइन खुद्रा साझेदारहरुमार्फत शाओमीले अफलाइन बजार पनि कभर गरेको थियो। 

शाओमीलाई नेपालमा लोकप्रिय बनाउने अन्य चीजहरुमध्ये शाओमी फ्यान कम्युनिटी, दर्शकहरुसँगको ब्रान्ड संलग्नता, हरेक मूल्य खण्डमा उत्कृष्ट उपकरण, ब्रान्ड वफादारी पर्दछ। यसको असाधारण मार्केटिङ रणनीति र दर्शकहरुसँग उच्च संलग्नताका कारण शाओमीलाई नेपालको स्थानीय उत्पादन पनि मानिन्छ।

उचित मूल्यमा उच्च गुणस्तरको प्रविधि प्रदान गर्ने मिशनलाई शाओमीको उत्कृष्ट उत्पादनहरुले समर्थन गरेको छ। मिसन र भिजनलाई सुदृढ पार्न शाओमीले स्थानीय बजारका लागि उपयुक्त विभिन्न स्मार्टफोन, एक्सेसरिज र विभिन्न एआईओटी उत्पादनहरु लन्च गरेको छ। नेपालमा उपलब्ध फोनहरुमध्ये शाओमीको रेडमी नोट सिरिज र रेडमी नम्बर सिरिज सबैभन्दा लोकप्रिय रहेका छन्।

शाओमीको पछिल्ला लन्चहरु जस्तै– रेडमी १२सी, रेडमी नोट १२ र रेडमी नोट १२प्रो पनि नेपालमा निकै लोकप्रिय मानिन्छ। रेडमी १२सीमा रहेको ५००० एमएएच ब्याट्री प्याकले उपभोक्तालाई कुनै झनजट बिना लामो समयसम्म खेल खेल्न, गीतहरु सुन्न, चलचित्रहरु हेर्न र अन्य थप कुराहरुको आनन्द लिन सक्षयम बनाउँछ। युवाहरुमाझ यो सबैभन्दा लोकप्रिय बजेट फोन हो।

रेडमी नोट १२ र रेडमी नोट प्रो ५जी दुवै साधारण डिजाइनका छन्। मध्य–दायरा फोनहरुमा उच्च स्पेक्सको कारण यो नेपालको सन्दर्भमा सबैभन्दा लोकप्रिय मिड–टियर फोन पनि हो।

समाजको उन्नतिका लागि केही गर्नुपर्छ भन्ने शाओमी नेपालको दृढ विश्वासी रहेको छ। शाओमीले आफ्नो सञ्चालन भएको समुदायको सेवा गर्न धेरै कल्याणकारी गतिविधिहरु गर्दै आएको छ। डीएसए (अपांग विद्यार्थी संघ) का विद्यार्थीलाई आत्मनिर्भर बन्न मद्दत गर्न विद्यालय आपूर्ति र शैक्षिक सामग्री वितरण गर्नु शाओमी नेपालको सबैभन्दा उल्लेखनीय सीएसआर गतिविधिहरुमध्ये एक हो। 

भर्खरै कम्पनीले मैत्रेय फाउन्डेसन र लभ लाइट सोसाइटी जस्ता अनाथालयहरुसँग सहकार्य गरेको छ। शाओमीले आफ्नो ‘मी–सन शिक्षा हरेक हातमा’अन्तर्गत बालबालिकाको कल्याणका लागि विभिन्न उपहारहरु वितरण गरेको थियो।

शाओमीले भर्खरै एयर फ्रायर, मोशन लाइट सेन्सर, टीडब्ल्यूएस इयरफोन, स्मार्ट टीभी, एयर प्युरिफायर र ल्यापटपहरु लगायत धेरै उत्पादनहरु लन्च गरेको छ। जुन आकर्षक डिजाइन र गुणस्तरीय हार्डवेयरको प्रयोगका कारण निकै लोकप्रिय मनिन्छन्। 

शाओमीले सधैँ नवीनतम प्रविधि, उच्च गुणस्तरको हार्डवेयर र उत्कृष्ट डिजाइन मार्फत प्रयोगकर्तालाई उत्कृष्ट अनुभव प्रदान गर्ने कुरामा ध्यान केन्द्रित गरेको छ। आफ्ना उत्पादनहरु देशभर वितरण गर्न आफ्नै आधिकारिक स्टोरहरु खोल्नुको साथै आफ्ना ग्राहकहरुको सन्तुष्टि सुनिश्चित गर्न नेपालभर आफ्नै सेवा केन्द्रहरु खोलेको छ।