काठमाण्डौ । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले नेपालीहरुको महान चाड बडादसैँ २०७९ को शुभ अवसरमा आफ्ना ग्राहकका लागि आश्चर्यजनक अफर ल्याएको छ।

एक महिना लामो यो #दशMi क्याम्पेनमा शाओमी फोन खरिद गर्ने जोकोहीले पनि #दशMi लक्कीड्रामा प्रत्यक्ष सहभागी भई #दशMi क्याम्पेनअन्तर्गत रहेका रोमाञ्चक उपहारहरु जित्ने मौका पाउन सक्नेछन्। 

शाओमीले आफ्ना प्रयोगकर्ताको आवश्यकतालाई ध्यानमा राख्दै चाडपर्वका अवसरमा केही नयाँ किन्न चाहने ग्राहकका लागि विशेष #दशMi अफर ल्याएको छ । #दशMi क्याम्पेनअन्तर्गत एक भाग्यशाली विजेताले Mi को फोरएस ६५"को टीभी, चारजनाले Mi को ४३"को टीभी र दैनिक १० जना भाग्यशाली ग्राहकले बड थ्री लाइनट, मोसन नाइट लाइट र नेकब्यान्ड प्रोमध्ये कुनै एक जित्ने मौका पाउनेछन्। 

यस अफरका बारेमा बोल्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमितकुमार पंडाले भने, ‘नेपालमा शाओमी लन्च भएदेखि नै हामीले हाम्रा Mi फ्यानबाट अप्रत्याशित माया र समर्थन पाएका छौँ । यसले हामीलाई हाम्रा उत्पादनहरुमा उच्च मापदण्ड सेट गर्न सधैँ प्रोत्साहित गरेको छ । दसैँलाई लक्षित गर्दै शाओमीले यो चाडपर्वको मौसममा आफ्ना ग्राहकको केही नयाँ किन्न र आफ्ना प्रियजनसँग रमाइलो गर्दै मनाउने इच्छालाई पूरा गर्न यो विशेष अफर ल्याएको छ ।’