काठमाण्डौ । नेपालको अग्रणी स्मार्टफोन कम्पनी शाओमीले मैत्रेय फाउन्डेसन र लभ लाइट सोसाइटीलाई शैक्षिक र स्वास्थ्य सामग्री उपलब्ध गराएको छ। मैत्रेय फाउन्डेसन र लभ लाइट सोसाइटी बाल आश्रम हो। यी दुबै संस्थाहरु गोदावरीमा छन्।
शाओमी नेपाल अप्ठेरोमा परेकाहरुलाई मद्दत गर्दै समाजमा सकारात्मक प्रभाव ल्याउन सक्रिय रुपमा संलग्न छ। साथै यसले समुदायको सेवाका लागि धेरै कल्याणकारी कार्यहरु गर्दै आएको छ।
शाओमीले आफ्नो व्यापारिक उत्पादन तथा सन्चालनसँग मिल्दोजुल्दो क्षेत्रहरुमा योगदान दिदै समुदायको विकासमा योगदान गर्दै आएको छ। शाओमीले समुदायमा सक्रिय रुपमा विभिन्न सामाजिक कल्याणकारी कार्यक्रमहरु आयोजना गर्दै आएको छ। आफ्नो कर्पोरेट सामाजिक उत्तरदायित्वको एक भागको रुपमा शाओमीले गोदावरी स्थित मैत्रेय फाउन्डेसन र लभ लाइट सोसाइटीलाई २०० भन्दा बढी स्कूल ब्याग, स्टेसनरी सामानहरु, फुटबल, बास्केटबल, मास्क र सेनिटाइजरहरु प्रदान गरेको छ। शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित कुमार पाण्डेले यी संस्थाहरुलाई सहयोग हस्तान्तरण गरेका थिए।
कार्यक्रमको बारेमा टिप्पणी गर्दै शाओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित कुमार पण्डाले भने, ‘हाम्रो उद्देश्य सकेसम्म धेरै मानिसहरुसम्म पुग्नु र विद्यार्थीको शिक्षाको लागि समावेशी वातावरण सिर्जना गर्नु हो। हामीले यसलाई हाम्रो Mi–ssion शिक्षा बनाएका छौं। यो अभियानको निरन्तर प्रयास र अन्तिम लक्ष्य ‘सबैका लागि शिक्षा’ हुनेछ। यस्ता कार्यक्रमहरुले व्यवसायलाई दीर्घकालीन रुपमा समाज, सर्वसाधारण र कम्पनी कै आवश्यकतालाई सम्बोधन गर्दछन् भन्ने कुरा मा हामी विश्वास गर्दछौँ।”
शाओमी नेपाल यस्तो व्यवसायिक संस्था हो जसले समाजप्रतिको आफ्नो जिम्मेवारी बुझ्छ र समाजमा योगदान पुर्याउन र खुशी बाँड्नमा विश्वास गर्दछ। शाओमीले यसअघि पनि विभिन्न परोपकारी कार्यक्रमहरु आयोजना गरिसकेको छ र भविष्यमा पनि निरन्तरता दिने प्रतिबद्धता जनाउदछ छ।
9 hours ago
9 hours ago
9 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
10 hours ago
11 hours ago
12 hours ago