काठमाण्डौ । विश्वभरका अटोमोबाइल कम्पनीहरुले इलेक्ट्रिक गाडी निर्माणलाई तीव्रता दिइरहेका छन्। हरेक दिन नयाँ–नयाँ इलेक्ट्रिक कारहरु लन्च भइरहेका छन्। 

ही दिनपहिले इन्डोनेसिया अटो शो र अहिले अमेरिकी सहर लस एन्जेलसमा चलिरहेको अटो शोमा नयाँ–नयाँ इलेक्ट्रिक कारहरु लन्च भइरहेका छन्। 

यही बेला कोरियन कार निर्माता कम्पनी किया मोटर्सले किया ईभी९ ल्याएको छ। यो सेगमेन्टमा कम्पनीले आफ्नो अफोर्डेबल इलेक्ट्रिक कार किया निरोको झलक सार्वजनिक गरेको हो।

लामो समयदेखि चर्चामा रहेको किया निरो छिटै लन्च गरिने खबर सार्वृजनिक भइरहेको छ। सम्भवतः सन् २०२२ मा किया निरो लन्च हुनेछ। 

यो इलेक्ट्रिक एसयूभी लेटेस्ट फिचरहरुका साथ आउनेछ। टिजर इमेजअनुसार किया निरोको लुक निकै अग्रेसिभ हुनेछ र यसको एक्सटिरियरका साथै इन्टिरियरमा पनि थुप्रै नयाँ बदलाव पाइनेछ। 

कोरिया सियोलमा आयोजित हुने अटो शोमा यो एसयूभीबाट पर्दा उठाइने बताइएको छ। – एजेन्सी