काठमाण्डौ । आरम्भ लघुवित्तसँग मर्जर सम्झौता तोडिएपछि शालिग्राम लघुवित्त र सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था आपसमा मर्जरमा जाने भएका छन्। 

नेपाल राष्ट्र बैंकमा आज शालिग्राम र सीवाईसी नेपाल लघुवित्तबीच मर्जरमा जाने प्रारम्भिक सहमतिपत्रमा हस्ताक्षर गरेका हुन्। राष्ट्र बैंकले यी दुवै लघुवित्तलाई मर्जरमा जान सैद्धान्तिक स्वीकृति दिएको छ।  

दुवै लघुवित्तलाई तीन महिनाभित्र एकीकृत कारोबार गर्ने गरी मर्जरमा जानलाई केन्द्रीय बैंकले सैद्धान्तिक स्वीकृति दिएको राष्ट्र बैंक स्रोत बताउँछ। 
यसअघि शालिग्रामको ८० र सीवाईसी नेपालको १०० सेयर स्वाप रेसियो हुने गरी आरम्भ लघुवित्तसँग मर्जर गर्ने सम्झौता गरेका थिए। तर यो मर्जर सम्झौता पछि भंग भएको थियो। 

शालिग्राम गण्डकी प्रदेशस्तरीय लघुवित्त हो। यसको केन्द्रीय कार्यालय म्याग्दीमा रहेको छ। चुक्तापुँजी १ करोड ६० रुपैयाँ रहेको छ।

त्यस्तै सीवाईसी नेपाल राष्ट्रियस्तरको लघुवित्त हो। यसको चुक्तापुँजी ७ करोड चुक्तापुँजी रहेको छ भने केन्द्रीय कार्यालय बागलुङमा छ। 

यी दुवै लघुवित्त नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचीकृत छैनन्।