काठमाण्डौ । शिखर इन्स्योरन्स कम्पनी लिमिटेडले ‘बीमा दाबी व्यवस्थापन सरलीकरण तथा सहजीकरण’ विषय अन्तर्क्रिया सम्पन्न गरे छ। 

दाबी प्रक्रियालाई सरल र छिटोछरितो तवरले दाबी फर्छ्यौट गरी आमजनमानसमा बीमाको आवश्यकता र अपरिहार्यता महसुस हुने गरी स्वःस्फुर्त रुपमा बीमा साक्षरतासमेत वृद्धि हुन्छ भन्ने मान्यतालाई आत्मसाथ गर्दै कम्पनीले यस किसिमको कार्यक्रम गरेको हो। 

कार्यक्रममा बीमा कम्पनीका दाबी विभागका कर्मचारीहरु तथा उच्च व्यवस्थापनका कर्मचारीहरुको सहभागिता थियो। कार्यक्रममा बीमा समितिका तर्फबाट भने उपनिर्देशक विरोध भट्टको उपस्थिति थियो । सर्भेयरहरुका तर्फबाट अध्यक्ष सूर्यप्रसाद जोशी र शिवचन्द शाखःले दाबी व्यवस्थापन सरलीकरण तथा सहजिकरणको विषयमा आफ्नो प्रस्तुति दिएका थिए।

दाबी भुक्तानीका लागि बीमा कम्पनीका कर्मचारी र सर्भेयर मिलेर अगाडि बढ्नुपर्नेमा बीमा समितिका उपनिर्देशक भट्टको जोड थियो । ‘बीमा कम्पनीले जति धेरै दाबी भुक्तानी गर्यो त्यति नै राम्रो हुन्छ’, उनले भने।