काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ।
समीक्षा अवधिसम्म कम्पनीले ७७ करोड ५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। जुन गत वर्षको सोही अवधिसम्म तुलनामा १.०९ प्रतिशतले बढी हो। गत वर्ष यही अवधिमा कम्पनीले ७६ करोड २२ लाख रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो।
यो अवधिसम्म कम्पनीले लगानी, कर्जा तथा अन्यबाट हुने आयबापत १३ करोड १७ लाख रुपैयाँ आर्जन गरेको छ। जुन गत वर्षको सोही अवधिसम्म तुलनामा १४.०५ प्रतिशतले बढी हो। गत वर्षको सोही अवधिसम्म यस्तो आय ११ करोड ५५ लाख रुपैयाँ गरेको थियो।
दोस्रो त्रैमाससम्म कम्पनीले पुनर्बीमा कमिसन आयतबापत ३४ करोड ६१ लाख रुपैयाँ आर्जन गरेको छ। गत वर्ष यही अवधिसम्म यस्तो आय ३२ करोड ५ लाख रुपैयाँ रहेको थियो।
समीक्षा अवधिसम्म कम्पनीले ४२ करोड ४९ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ। जुन गत वर्षको सोही अवधिको तुलनामा ६.६० प्रतिशतले बढी हो। गत वर्ष यही अवधिसम्म कम्पनीले ३९ करोड ८६ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो।
समीक्षा अवधिसम्म कम्पनीको व्यवस्थापन खर्च २५.०३ प्रतिशतले बढेर २५ करोड ६८ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिसम्म व्यवस्थापन खर्च २० करोड ५४ लाख रुपैयाँ रहेको थियो।
दोस्रो त्रैमाससम्म कम्पनीको खुद नाफा ०.९५ प्रतिशतले घटेको छ। कम्पनीले यो अवधिसम्म २४ करोड ७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्ष यही अवधिसम्म २४ करोड ३० लाख रुपैयाँ रहेको थियो।
यो अवधिसम्म कम्पनीको बीमा कोषको आकार बढेर १ अर्ब ५३ करोड रुपैयाँ भएको छ। गत वर्ष यही अवधिसम्म बीमा कोषमा १ अर्ब ४१ करोड रुपैयाँको थियो। जगेडा तथा कोषको आकार भने १६.८० प्रतिशतले बढेर ८१ करोड रुपैयाँको उचाइमा पुगेको छ। गत वर्ष यही अवधिसम्म जगेडामा ६९ करोड ३५ लाख रुपैयाँ थियो।
समीक्षा अवधिसम्म कम्पनीले १ लाख २४ हजार ८७५ वटा बीमालेख जारी गरेको छ। गत वर्ष यही अवधिमा कम्पनीले १ लाख २१ हजार ६६ढ वटा बीमा लेखा जारी गरेको थियो।
कम्पनीको वार्षिकीकृत ईपीएस २१.०६ रुपैयाँ, पीई रेसियो ४३.४९ गुणा र प्रतिसेयर नेटवर्थ २१५.२१ रुपैयाँ रहेको छ।
10 minutes ago
38 minutes ago
56 minutes ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago
3 hours ago
4 hours ago