– अर्जुन तिमिल्सिना
काठमाण्डौ। धितोपत्र दोस्रो बजारमा हाल दुईवटा सिमेन्ट कम्पनीको सेयर कारोबार भइरहेका छन्। बजारमा शिवम सिमेन्ट र घोराही सिमेन्टको कारोबार भइरहेको हो। घोराही सिमेन्टको सेयर केही महिना अघिबाट मात्रै दोस्रो बजारमा कारोबार हो। शिवम सिमेन्टको सेयर भने करिब ५ वर्षदेखि कारोबार भइरहेको छ।
यी दुवै कम्पनीको सेयर नेप्सेको उत्पादन समूहमा सूचीकृत छन्। यी दुवै कम्पनीलाई आज हामी आधारभूत र प्राविधिक रुपमा विश्लेषण गर्ने कोसिस गरेका छौँ।
शिवम सिमेन्ट
गत आर्थिक वर्षको चौथो त्रैमासम्म शिवम सिमेन्टको चुक्तापुँजी ४ अर्ब ४० करोड रुपैयाँ रहेको छ। कम्पनीको जगेडा कोषमा ४ अर्व ६७ करोड ४६ रुपैयाँ रहेको छ। समीक्षा अवधिसम्म कम्पनीको खुद मुनाफा ३० करोड २५ लाख रुपैयाँ रहेको छ। जुन अघिल्लो आर्थिक वर्षको यही अवधिसम्मको तुलनामा ५६ प्रतिशतले कम हो।
शिवम सिमेन्टको बुक भ्यालु २०६ रुपैयाँ र प्रतिसेयर आम्दानी (ईपीएस) ६.८७ रुपैयाँ रहेको छ। दोस्रो बजारमा यो कम्पनीको प्रतिकित्ता ५२ साताको उच्च मूल्य ७०३ रुपैयाँ र न्यून मूल्य ३९२ रुपैयाँ रहेको छ। आज दोस्रो बजारमा ५३९ रुपैयाँमा अन्तिम कारोबार भएको छ।
फियर एन्ड ग्रिड मिटरका आधारमा
फियर एन्ड ग्रिड मिटरका आधारमा शिवम सिमेन्टको सेयरमा साप्ताहिक रुपमा ६० को तहमा बुलिस सेन्टिमेन्टमा चलेको देखिन्छ। यसले यो कम्पनीको सेयरमा लगानीकर्ता झुम्मिएको संकेत गर्छ।
इलिअट वेभका आधारमा
इलिअट वेभमा बजार तथा कम्पनीको सेयरमूल्य माथि जान ५ फरक–फरक वेभ हुन्छन् भने तल जान ३ वेभ हुन्छन्। माथि लाग्ने ५ वेभमा पनि ३ वटा चढावका र २ वटा सुधारका देख्न सकिन्छ। यसमा १, ३, ५ चढावका हुन्छन् भने २ र ४ मा करेक्सनका हुन्छन्। वेभ ५ को करेक्सन वेभ ए हो। वेभ ए, बी र सीले बजार तल जाने संकेत गर्छन्।
यो कम्पनीको सेयरभाउलाई इलिअट वेभबाट हेर्दा हाल सानो टाइम फेरेमको वेभ ३ चल्दै गरेको देखिन्छ। कम्पनीको न्यून मूल्य ३९२ रुपैयाँदेखि ५३० रुपैयाँसम्म वेभ–१, सामान्य करेक्सन भएर वेभ–२ मा ५०२ रुपैयाँसम्म, वेभ–३ मा बढोत्तरीका साथ ५७५ रुपैयाँसम्म र वेभ–४ मा करेक्सन भएर पुनः ५६० रुपैयाँसम्म आउन सक्छ। अबको बढोत्तरीमा यो कम्पनीको सेयरभाउमा वेभ–५को बढोत्तरी हुन सक्ने देखिन्छ। त्यो भनेको ६३० रुपैयाँसम्म यो कम्पनीको सेयरभाउ पुग्न सक्ने देखिन्छ। (माथि मुख्य तस्बिरमा हेर्नुहोस्)
घोराही सिमेन्ट
गत आर्थिक वर्षको चौथो त्रैमाससम्म घोराही सिमेन्टको चुक्तापुँजी ३ अर्ब ९७ करोड रुपैयाँ रहेको छ। यो कम्पनीले केही समयपहिले सर्वसाधरणका लागि करिब ७० लाख कित्ता प्राथमिक सेयर अंकित मूल्यमा ३३५ रुपैयाँ थप गरेर सर्वसाधारणलाई सेयर जारी गरेको थियो। यो कम्पनीको प्रतिकित्ता ५२ साताको न्यून मूल्य ४६६ रुपैयाँ र उच्च मूल्य ५२४ रुपैयाँ रहेको छ। यो कम्पनीको दोस्रो बजारमा ४७३ रुपैयाँमा अन्तिम कारोबार भएको छ। यो कम्पनीमा संस्थापक समूहको ८० प्रतिशत र सर्वसाधारण समूहको २० प्रतिशत सेयर स्वामित्व रहेको छ।
फियर एन्ड ग्रिड मिटरका आधारमा
इलिअट वेभका आधारमा
निष्कर्ष
दोस्रो बजारमा शिवम र घोराही सिमेन्ट उत्पादन तथा प्रशोधन समूहमा छन्। शिवम सिमेन्ट केही समयपहिले नै दोस्रो बजारमा आएको कम्पनी हो। यो कम्पनीले स्थानीयका लागि ३०० रुपैयाँमा र सर्वसाधरणका लागि ४०० रुपैयाँमा सेयर जारी गरेको थियो।
दोस्रो बजारमा यी दुवै कम्पनी लगानीकर्ताको रोजाइमा पर्छन्। केहीपहिले नै दोस्रो बजारमा कारोबारमा आएको शिवम सिमेन्टको जगेडमा ४ अर्ब ६७ करोड रुपैयाँ रहेको छ। प्रिमियममा नै सेयर जारी गरेको कारण घोराही सिमेन्टको पनि जगेडा कोषमा केही रकम आउने देखिन्छ। तर, यो कम्पनीले केही खुलाएको छैन।
प्राविधिक रुपमा इलिअट वेभमार्फत हेर्दा दुवै कम्पनीको वेभ–३ चलेको देखिन्छ। जसअन्तर्गत वेभ–५ सम्म प्रतिकित्ता शिवम सिमेन्टको ६३० रुपैयाँ र घोराही सिमेन्टको ५५६ रुपैयाँसम्म पुग्न सक्ने देखिन्छ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ। यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन।
13 minutes ago
35 minutes ago
1 hour ago
48 minutes ago
1 hour ago
1 hour ago
2 hours ago
2 hours ago
2 hours ago
3 hours ago