काठमाण्डौ । नेपालकै अग्रणी सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट्स लिमिटेडले पब्लिक कम्पनीमा परिणत भइसकेपछिको छैटौँ वार्षिक साधारणसभा आज कात्तिक १६ गते मंगलबार सम्पन्न गरेको छ।

कम्पनीका कार्यकारी अध्यक्ष सुरेन्द्रकुमार गोयलको अध्यक्षतामा वार्षिक साधारणसभा सेयरधनी जुम भर्चुअल माध्यमबाट समेत सहभागिता र उपस्थितिमा सम्पन्न भएको हो। सभाले आफ्ना सेयरधनीलाई चुक्ता पुँजी रु. ४ अर्व ४० करोडको २९ प्रतिशतका दरले (लाभांशमा लाग्ने करसहित) हुन आउने रु. १ अर्ब २७ करोड ६० लाखबराबरको नगद लाभांश रकम वितरण गर्ने प्रस्ताव पारित गरेको छ।

सभाले कम्पनी सञ्चालक समितिका तर्फबाट अध्यक्षबाट प्रस्तुत आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहितका संलग्न विवरणहरु छलफल गरी अनुमोदन गरेको छ।