काठमाण्डौ। शिवम् सिमेन्ट लिमिटेडले देशका विभिन्न स्थानमा दक्ष प्राविधिकद्वारा निर्माणकर्मीहरुसँग परामर्श तथा अन्तर्क्रिया कार्यक्रम सम्पन्न गरेको छ। ती कार्यक्रममा भवन निर्माणसम्बन्धी प्राविधिक परामर्श प्रदान गर्नुका साथसाथै हरेक सहभागी निर्माणकर्मीहरुका लागि रु. ५ लाखबराबरको दुर्घटना बीमा गरी बीमा पोलिसी सोही कार्यक्रममार्फत हस्तान्तरण गरिएको थियो। 

दैनिक निर्माण कार्यमा खटिने निर्माणकर्मी हरेक दिन जोखिमपूर्ण कार्यहरु गर्दै आईरहेका हुन्छन उक्त जोखिमलाई मध्यनजर राख्दै शिवम् सिमेन्टले निर्माणकर्मीहरुका लागि निःशुक दुर्घटना बीमा योजना ल्याएको हो। देशका विभिन्न स्थानमा सम्पन्न प्राविधिक अन्तर्क्रिया कार्यक्रममा शिवम् सिमेन्टले सहभागी हरेक निर्माणकर्मीका लागि रु. ५ लाखबराबरको जोखिम बहन गर्ने गरी बीमा गरेको थियो। पहिलो चरणअन्तर्गत हालसम्म काठमाण्डौ, मकवानपुर, पर्सा, रौतहट, जनकपुर, महोत्तरी जिल्लालगायतका विभिन्न १६ स्थानमा १ हजारभन्दा बढी निर्माणकर्मीसँग प्राविधिक अन्तर्क्रिया गरी उनीहरुको जोखिम बीमा गराइसकेको कम्पनीका प्रतिनिधि बताएका छन्। 

ती अन्तर्क्रिया कार्यक्रममा दक्ष एवं अनुभवी प्राविधिकद्वारा सिमेन्टसम्बन्धी जानकारी, निर्माण सामाग्रीको गुणस्तर मापन तथा छनौट प्रक्रिया, निर्माणकर्मीलाई दिनहुँ आइपर्ने निर्माणसम्बन्धी समस्याहरुका समाधानका उपाय र सिमेन्ट भण्डारणसम्बन्धी विस्तृत जानकारी गराइएको थियो। कार्यक्रममा सम्बन्धित क्षेत्रका शिवम् सिमेन्टका वितरक, उद्योगी, व्यवसायीलगायतका उपस्थिति थियो। 

शिवम् सिमेन्टले आगामी दिनहरुमा समेत शिवम् सिमेन्टका बिक्रेताहरुसंगको समन्वयमा यस्ता अन्तर्क्रिया तथा निःशुल्क बीमा कार्यक्रम  निरन्तर सञ्चालन गर्ने कम्पनीले जनाएको छ। 

योसँगै शिवम् सिमेन्टले निरन्तर रुपमा बिक्रीपछिको निःशुल्क प्राविधिक सेवासमेत दिँदै आइरहेको छ। निःशुल्क दक्ष प्राविधिक सेवा लिनका लागि टोल फ्रि.नं. १६६००१२३३२१ (एनटीसी) ९८०१५७५५७५  (एनसेलिि) मा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ।