काठमाण्डौ । शिवम् सिमेन्ट लिमिटेडले चरिकोटमा निर्माणकार्य गरिरहेका ग्राहकसँग ‘ग्राहक अन्तक्रिया’ सम्पन्न गरेको छ। 

निर्माणसम्बन्धी विभिन्न निकायका प्रतिनिधिहरु उपस्थित उक्त कार्यक्रममा हाल निर्माण कार्य गरिरहेका ४० ग्राहकहरु उपस्थित रहेका थिए। चरिकोटस्थित होटल एम्ब्रोसियाको हलमा सञ्चालित कार्यक्रममा मालपोत कार्यालय प्रमुख, नापी विभाग नि. प्रमुख, भवन तथा पुनर्निर्माण कार्यालयका इन्जिनियर तथा मालपोत कार्यालयमा कार्यरत अमिनसहितको उपस्थिति थियो। 

कार्यक्रममा सम्बन्धित निकायका प्रतिनिधिहरुले आफ्नो छोटो मन्तव्य राख्दै भवन निर्माण प्रक्रिया, निर्माणपूर्व ग्राहकले सम्बन्धित निकायबाट लिनुपर्ने सेवासुविधा तथा निर्माणकार्यमा गुणस्तरीय निर्माण सामग्रीको महत्व आदि विषयमा प्रस्ट्याएका थिए।

कार्यक्रममा निर्माणकार्य गरिरहेका ग्राहकलाई दक्ष एवं अनुभवी प्राविधिकद्वारा सिमेन्टसम्बन्धी जानकारी, निर्माण सामग्रीको गुणस्तर मापन तथा छनौट प्रक्रिया, निर्माणकार्र्य गर्दा दिनहुँ आइपर्ने निर्माणसम्बन्धी समस्याहरुको समाधानका उपाय र सिमेन्ट भण्डारणसम्बन्धी विस्तृत जानकारी गराइएको थियो। 

शिवम् सिमेन्टले ग्राहकसँग अझ बढी अन्तरसम्बन्ध कायम राख्न अन्तक्रिया कार्यक्रम सुरुआत गरेको हो। 

यसअघि देशका विभिन्न स्थानका निर्माणकर्मी (मेसन) हरुलाई अन्तक्रिया कार्यक्रम दिइदै आइरहेको थियो। निर्माणकार्य गरिरहेका ग्राहकले निर्माण् सम्बन्धी दक्ष प्राविधिकद्वारा निर्माणसम्बन्धी प्राविधिक सेवा लिन चाहे  शिवम् सिमेन्टले निरन्तर रुपमा बिक्रीपछिको निःशुल्क प्राविधिक सेवासमेत दिँदै आइरहेको छ। निःशुल्क दक्ष प्राविधिक सेवा लिनका लागि टोल–फ्री नं. १६६००१२३३२१ (एनटीसी) ९८०१५७५५७५ (एनसेल) मा सम्पर्क गर्न सकिनेछ।

‘भरोसा अटुट सम्बन्धको’, ‘गुणस्तरको पहिचान हो शिवम्’, ‘गुणस्तरमा कहिल्यै सम्झौता नगरौँ’ तथा ‘क्वालिटीको मामलामा नो कम्प्रोमाइज’ जस्ता मूल नाराका साथ अगाडि बढिरहेको शिवम् सिमेन्ट्सले आफ्नो गुणस्तरीय उत्पादन तथा बिक्रीवितरण र बिक्रीपछिको प्राविधिक सेवाका कारणले पहिलो स्थानमा रहन सफल भएको छ। देशको विभिन्न ठूलठूला राष्ट्रिय गौरवका आयोजनाहरुमा आफ्नो महत्वपूर्ण भूमिका निभाउँदै आएको शिवम् सिमेन्टको उत्पादन गुणस्तरीय भएको प्रमाणित भई सिमेन्ट जगतमै पहिलोपटक एनएस क्वालिटी अवार्ड–२०१९ प्रथमबाट सम्मानित भएको थियो।

ओपीसी सिमेन्टमात्र उत्पादन गर्दै आएको शिवम् सिमेन्ट सन् २००९ मा नेपालका केन्द्र भाग हेटौँडामा स्थापित यस सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधि उक्त प्लान्टबाट आफ्नै चुनढुंगाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन तथा बिक्रीवितरण गर्दै आएको छ। उच्च गुणस्तर, निरन्तर सेवा र विश्वसनीयताका कारणले गर्दा नै शिवम् सिमेन्ट ग्राहकद्वारा अत्याधिक विश्वास गरिएको र रुचाइएको असली ओपीसी सिमेन्ट बन्न सफल भएको हो।

नेपाल गुणस्तर चिह्न ५७२, ४९ तथा आईएसआई, यूआरएस प्रमाणित आईएसओ सिर्टिफिकेट प्राप्त शिवम् सिमेन्टले देशको असहज परिस्थितिमा पनि निरन्तर सेवा तथा सुविधा दिँदै आएको छ।