काठमाण्डौ । शिवम् सिमेन्ट्स लिमिटेडका सञ्चालक अध्यक्ष डा. सुरेन्द्र कुमार गोयल संस्थागत समूहतर्फको प्रतिनिधित्व गर्दै नेपाल व्यवस्थापन संघको कार्यकारी बोर्डको सदस्य पदमा निर्वाचित भएका छन्।

संघको शनिबार सम्पन्न ४१ औँ वार्षिक साधारणसभामा भएको निर्वाचनबाट अध्यक्ष गोयल निर्वाचित भएका हुन्। उक्त पदमा शिवम् सिमेन्ट्स दोस्रो पटक निर्वाचित भएको हो। 

यसअघि सन् २०२० मा भएको निर्वाचनमा समेत शिवम् सिमेन्ट्स संस्थागत समूह तर्फको प्रतिनिधित्व गर्दै नेपाल व्यवस्थापन संघको कार्यकारी बोर्डको सदस्य पदमा निर्वाचित भएको थियो।