काठमाण्डौ । देशका विभिन्न स्थानमा रहेका निर्माणकर्मीबाट माग दाबी भएअनुसार शिवम् सिमेन्टस् लिमिटेडले ५ लाखबराबरको मृत्यु बीमासहित दुर्घटना जोखिम बीमाबापतको रकमहरु हस्तान्तरण गरेको छ।

यसअघि दैनिक निर्माण कार्यमा खटिने निर्माणकर्मीहरुको जोखिमलाई मध्यनजर गर्दै शिवम् सिमेन्टले देशका विभिन्न ५२ स्थानमा रहेका ३ हजारभन्दा बढी निर्माणकर्मीको रु. ५ लाखबराबरको जोखिम बीमासहित निर्माणसम्बन्धी प्राविधिक अन्तर्क्रिया सञ्चालन गरेको थियो। सोही कार्यक्रममा सहभागी निर्माणकर्मीमध्येबाट पर्न आएको दुर्घटना बीमा माग दाबीबापतको रकम बीमा कम्पनीसँग समन्वय गरी निर्माणकर्मीहरुको घर–घरमा नै गएर शिवम सिमेन्टका कम्पनी प्रतिनिधिहरुले हस्तान्तरण गरेका हुन्।

दैनिक निर्माण कार्यमा खटिने निर्माणकर्मीहरु हरेक दिन जोखिमपुर्ण कार्यहरु गर्दै आइरहेका हुन्छन्। उक्त जोखिमलाई मध्यनजर राख्दै शिवम् सिमेन्टले निर्माणकर्मीहरुका लागि निःशुल्क दुर्घटना बीमा योजना ल्याएको हो। 

देशका विभिन्न स्थानमा सम्पन्न प्राविधिक अन्तर्क्रियामा शिवम् सिमेन्टले सहभागी हरेक निर्माणकर्मीहरुका लागि रु. ५ लाखबराबरको जोखिम बहन गर्ने गरी बीमा गरेको थियो। शिवम् सिमेन्टले विभिन्न चरणमा आफ्नो बिक्री क्षेत्रअन्तर्गत संखुवासभा, सुनसरी, मोरङ, ओखलढुंगा सिराहा, सप्तरी, महोत्तरी, धनुषा, चितवन, मकवानपुर, बारा, पर्सा, रौतहट, गोरखा, तनहुँ, बागलुङ, बेनी, स्याङ्जा, धादिङ, नुवाकोट, काठमाण्डौ, ललितपुर तथा भक्तपुरलगायतका जिल्लाका निर्माणकर्मीहरुको रु. ५ लाखबराबरको जोखिम बीमा गराएको छ। 

“भरोसा अटुट सम्बन्धको”, “गुणस्तरको पहिचान हो शिवम्”, “गुणस्तरमा कहिल्यै सम्झौता नगरौँ” तथा “क्वालिटी” को मामलामा “नो कम्प्रोमाइज”जस्ता मूल नाराका साथ अगाडि बढिरहेको शिवम् सिमेन्टले आफ्नो गुणस्तरीय उत्पादन तथा बिक्रीवितरण र बिक्रीपछिको प्राविधिक सेवाका कारणले पहिलो स्थानमा रहन सफल भएको छ। देशको विभिन्न ठूलठूला राष्ट्रिय गौरवका आयोजनाहरुमा आफ्नो महत्वपूर्ण भूमिका निभाउँदै आएको शिवम् सिमेन्टको उत्पादन गुणस्तरीय भएको प्रमाणित भई सिमेन्ट जगतमै पहिलोपटक एनएस क्वालिटी अवार्ड–२०१९ प्रथमबाट सम्मानित भएको थियो।

ओपीसी सिमेन्टमात्र उत्पादन गर्दै आएको शिवम् सिमेन्ट सन् २००९ मा नेपालका केन्द्र भाग हेटौँडामा स्थापित यो सिमेन्ट उद्योगले अत्याधुनिक जर्मन प्रविधि उक्त प्लान्टबाट आफ्नै चुनढुंगाकोे प्रयोग गरी उच्च गुणस्तरको क्लिंकर र ४३ तथा ५३ ग्रेडको शिवम् सिमेन्ट उत्पादन तथा बिक्री वितरण गर्दै आएको छ। उच्च गुणस्तर, निरन्तर सेवा र विश्वसनीयताको कारणले गर्दा नै शिवम् सिमेन्ट ग्राहकद्वारा अत्याधिक विश्वास गरिएको र रुचाइएको असली ओपीसी सिमेन्ट बन्न सफल भएको हो।

नेपाल गुणस्तर चिन्ह ५७२, ४९ तथा आईएसएआई, यूआरएस प्रमाणित आईएसओ सर्टिफिकेट प्राप्त शिवम् सिमेन्टले देशको असहज परिस्थितिमा पनि निरन्तर सेवा तथा सुविधा दिँदै आएको छ।